मंगलबार , असार १, २०७८

आगामी जुलाईदेखि दक्षिण कोरिया र सिंगापुरबीच हवाई उडान हुने

आगामी जुलाईदेखि दक्षिण कोरिया र सिंगापुरबीच हवाई उडान हुने

२६ जेठ, सियोल । दक्षिण कोरिया र सिंगापुरका अधिकारीहरुबीच आगामी जुलाईदेखि हवाई सेवा थालनी गर्ने बारेमा छलफल शुरु भएको छ ।क्वारेन्टिनमा बस्न नपर्ने गरी दुई देशबीच सोझो हवाई उडान गर्ने सम्भावनाका बारेमा छलफल भएको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् । तर यस्तो हवाई यात्रा गर्न चाहने व्यक्तिले अनिवार्य रुपमा खोप लगाएको हुनु पर्नेछ ।

स्वास्थ्य अधिकारीहरुले यस्तै उडान ताइवान, थाइल्यान्ड र अमेरिकाका प्रशान्त क्षेत्रहरु गुवाम र सैपानमा शुरु गर्ने बारेमा कोरियाले प्रस्ताव पठाएका बताएका छन् । यी देशहरुले कोरोना भाइरस महामारी नियन्त्रणका लागि जारी गरेका प्रतिबन्धलाई खुकुलो बनाएकाले पनि हवाई उडान खोल्न लागेको बताइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

दक्षिण कोरियाले हाल विदेशबाट आउने अधिकांश यात्रुलाई दुई साताको अनिवार्य क्वारेन्टिनको व्यवस्था गरेको छ । दक्षिण कोरियाका एक जना वरिष्ट स्वास्थ्य अधिकारी यून टाइहोले प्रारम्भमा प्रत्यक्ष उडानबाट आउने तर खोप लगाएका यात्रुलाई प्रवेश दिइने र उनीहरुका बारेमा अनुगमन गर्ने दायित्व ट्राभल एजेन्सीलाई दिइने बताए ।

क्वारेन्टिन बस्न नचाहने यात्रुले आफूले खोप लगाएको प्रमाण पेश गर्नुपर्ने तथा कोभिड–१९ परीक्षणमा नेगेटिभ देखिएको हुनुपर्ने पनि उनले जानकारी दिए ।

तर कोरोना भाइरसको संक्रमण देखिएका देशसँगको उडान तत्कालै शुरु नहुने पनि उनले बताए । थाइल्यान्डमा हालैका साताहरुमा निकै ठूलो संख्यामा कोभिड संक्रमण फैलिएको छ र यहाँ दैनिक दुई हजारभन्दा बढी संक्रमित व्यक्ति फेला परेका छन् ।
सिंगापुर र ताइवानमा पनि केही क्षेत्रमा कोभिड संक्रमण देखिएको छ ।

बुधबारसम्म करिब ९२ लाख दक्षिण कोरियालीले कम्तीमा एक डोज खोप लगाएका छन् । यो संख्या कूल जनसंख्याको करिब १८ प्रतिशत हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण १९ घण्टा पहिले
बिराटनगरमा चौधरी ग्रुपको प्रादेशिक कार्यालय शुभारम्भ बिराटनगरमा चौधरी ग्रुपको प्रादेशिक कार्यालय शुभारम्भ २१ घण्टा पहिले
कांग्रेसको थप ३३ जिल्लाका क्रियाशील सदस्यता विवरण सार्वजनिक कांग्रेसको थप ३३ जिल्लाका क्रियाशील सदस्यता विवरण सार्वजनिक २१ घण्टा पहिले
बिर्तामोडमा फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई बिर्तामोडमा फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई १५ घण्टा पहिले
कर्णालीका १० जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री कर्णालीका १० जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री १९ घण्टा पहिले
भक्तपुरका खाद्यान्न स्टोरमा म्याद गुज्रेको सामान फेला भक्तपुरका खाद्यान्न स्टोरमा म्याद गुज्रेको सामान फेला १७ घण्टा पहिले
माओवादी नेता पाण्डेयको हत्या आरोपमा श्रीमतिसहित ११ जना पक्राउ माओवादी नेता पाण्डेयको हत्या आरोपमा श्रीमतिसहित ११ जना पक्राउ १० घण्टा पहिले
स्वास्थ्यलाई प्राथमिकता दिन जिल्ला सभापतिहरूको माग स्वास्थ्यलाई प्राथमिकता दिन जिल्ला सभापतिहरूको माग २ घण्टा पहिले