मंगलबार , असार ८, २०७८

ओ माई गड २ मा यामीले काम गर्ने पक्का

ओ माई गड २ मा यामीले काम गर्ने पक्का

बलिउडमा अपेक्षित सफलता हासिल गर्न नसकेकी नायिका यामी गौतमले चलचित्र ओ माई गड २’ मा काम गर्ने पक्का भएको छ । बलिउडमा सफल चलचित्र दिइरहेका नायक अक्षय कुमारको मुख्य भूमिका रहने चलचित्र ‘ओ माई गड २’मा यामीले काम गर्ने पक्का भएको हो

केही दिन अगाडि मात्र बिहे गरिन् । यामीले बिहेको तस्वीर सार्वजनिक गरेसँगै उनका फ्यानहरु आश्चर्यमा परेका थिए । यामी बिहे लगतै एक चलचित्रमा देखिने भएकी छिन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

चलचित्रमा अक्षय कुमार र कलाकार पंकज त्रिपाठीको मुख्य भूमिका रहनेछ । यामीको प्रवेशसँगै चलचित्रको टिमअप पुरा भएको छ । भारतीय मिडियाका अनुसार चलचित्र ‘ओ माई गड’मा कलाकार पारेश रावलको मुख्य भूमिका थियो ।

yami gautam 151549479910

तर, यसपटक निर्देशक अमित रायले चलचित्रलाई फरक कथामा देखाउने तयारी गरेका छन् । चलचित्रको पर्दामा यामीले पहिलो पटक अक्षय कुमारसँग काम गर्न लागेकी हुन् ।

yami gautam 150270592200

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय