शुक्रबार , असार ११, २०७८

सरकारको आँखा छलेर पूरानो नक्सा अंकित पुस्तक बिक्री गर्नेलाई कारबाही गरिने

सरकारको आँखा छलेर पूरानो नक्सा अंकित पुस्तक बिक्री गर्नेलाई कारबाही गरिने

२६ जेठ, काठमाडौं । नेपालको पुरानै नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले निर्देशन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुरानो नक्सा अंकित पुस्तक बिक्री वितरण गरेका भेटिएमा पुस्तक जफतसँगै प्रकाशक र वितरकलाई कारबाही गर्न शिक्षामन्त्री श्रेष्ठले निर्देशन दिएका हुन् ।

पाठ्यक्रम विकास तथा मुल्याङ्‌कन परिषद्को‌ बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले देशलाई आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गरिने बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले तत्काल त्यस्ता प्रकाशकलाई कारबाही गर्न दिएका छन् । साथै, मन्त्री श्रेष्ठले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशकमाथि तत्काल कारबाही गरिने बताएका छन् ।

उनका अनुसार प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार अनुसार कारबाही गरिन्छ । अहिलेको नयाँ नेपालको नक्सामा लिम्पियाधुरा समेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, सातै प्रदेशका लागि माग्यो कर्मचारी आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, सातै प्रदेशका लागि माग्यो कर्मचारी २० घण्टा पहिले
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा महत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा महत ९ घण्टा पहिले
लमजुङमा आठ स्थानीय तहको बजेट साढे ४ अर्ब ! लमजुङमा आठ स्थानीय तहको बजेट साढे ४ अर्ब ! ६ घण्टा पहिले
नेविसंघका पूर्व अध्यक्ष आले व्यवसायिक मेवा खेतीमा नेविसंघका पूर्व अध्यक्ष आले व्यवसायिक मेवा खेतीमा १५ घण्टा पहिले
फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैनः डब्लुएचओ फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैनः डब्लुएचओ १८ घण्टा पहिले
ङिस्याङ गाउँपालिकाको गाउँसभा भर्चुअल माध्यमबाट शुरु ङिस्याङ गाउँपालिकाको गाउँसभा भर्चुअल माध्यमबाट शुरु १६ घण्टा पहिले
पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान शुरु पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान शुरु १९ घण्टा पहिले
अपर तामाकोशी हाइड्रो कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि, कुन कतिले बढ्यो ? अपर तामाकोशी हाइड्रो कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि, कुन कतिले बढ्यो ? १६ घण्टा पहिले