सोमबार , असार ७, २०७८

टुकोनले प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

टुकोनले प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

२६ जेठ, काठमाडौं । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले यातायात सहित संगठित एवं असंगठित क्षेत्रका श्रमिकका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

टुकोनद्वारा पेश भएको ज्ञापनपत्रमा भनिएको छ – ‘कोरोनाको दोश्रो लहरको महामारीसँगै राज्यद्वारा गरीएको निषेधाज्ञाले गर्दा रोग, शोक र भोकले व्याकुल भएका यातायात क्षेत्रका स्वरोजगार सहित सम्पूर्ण श्रमिकहरूको तपशिल बमोजिमका समस्या सम्बोधन गर्नका लागि ट्रेड यूनियन महासंघ नेपाल (टुकोन) यो ज्ञापन पत्र मार्फत नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

१. कोरोना महामारीको कारणले गर्दा राज्यद्वारा गरीएको निशेधाज्ञा सँगै व्यवसाय संचालन गर्न नपाएर बेहाल भएका यातायात क्षेत्रका सम्पूर्ण स्वरोजगार श्रमिकहरूको निशेधाज्ञा अवधीभरको सवारीसाधनको बैंक ब्याज मिनाह गराई सवारीसाधन निर्बाध संचालनमा आएको ६ महीना सम्म बैंकको किस्ता बुझाउँन सरलीकरण गराइयोस् ।

२. निषेधाज्ञाले गर्दा रोजगार विहीन भएर भोकले आक्रान्त भएका यातायात क्षेत्रका सम्पूर्ण सवारी चालक, परिचारक एवं सहचालकहरुलाई तत्काल यथोचित राहतको व्यवस्था मिलाईयोस् ।

३. निषेधाज्ञा अवधीमा पनि मापदण्ड निर्धारण गरेर हवाई सेवा संचालनमा ल्याइए जस्तै लामो तथा छोटो दूरीका, दिवा एवं रात्रिकÞालीन सेवाका सम्पूर्ण सवारीहरु तत्काल संचालनमा ल्याऊन यथोचित व्यवस्था मिलाईयोस् ।

४. यातायात सहित सम्पूर्ण क्षेत्रका श्रमिकहरुलाई यो वा त्यो बहानामा नअल्झाइकन सिघ्रातिसिघ्र सामाजिक सुरक्षा योजनामा अनुवन्धित गराउने व्यवस्था गराउनको लागि रोजगारदाताहरुलाई वाध्य तुल्याइयोस् ।

५. संगठित एवं असंगठित क्षेत्रका सबै श्रमिकहरुलाई कार्यस्थलमा नै पायक पर्नेगरी स्थानीय सरकारद्वारा कोरोना विरुद्धको खोप, औषधोपचार सहित राहतको व्यवस्था तत्काल मिलाइयोस् ।

माथी उल्लेखित सम्पूर्ण मागहरु तत्काल सम्बोधन गरी रोग, शोक र भोकले छट्पटाईरहेका श्रमिकहरुको घाउमा मलम लगाउने काम गरियोस्, अन्यथा श्रमिकहरुको धैर्यताको बाँध टुटेर निम्तन सक्ने समस्याको जिम्मेवार राज्य स्वयं हुनु पर्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रुडेन्सियल इन्स्योरेन्सको सभाले पारित गर्यो ८ दशमलव ४२ प्रतिशत लाभांश प्रुडेन्सियल इन्स्योरेन्सको सभाले पारित गर्यो ८ दशमलव ४२ प्रतिशत लाभांश २० घण्टा पहिले
काश्मिरका रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा काश्मिरका रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा १४ घण्टा पहिले
अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने ४ घण्टा पहिले
खुमलटारमा प्रचण्डसँग मनाङेकाे भेट, राजनीतिक घटनाक्रमबारे छलफल खुमलटारमा प्रचण्डसँग मनाङेकाे भेट, राजनीतिक घटनाक्रमबारे छलफल १७ घण्टा पहिले
रिलायबल नेपाल लाइफको आईपीओ रेटिङ सम्पन्न रिलायबल नेपाल लाइफको आईपीओ रेटिङ सम्पन्न ४५ मिनेट पहिले
सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार १४ घण्टा पहिले
नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा २० घण्टा पहिले
रक्तचापको श्रेणी कसरी थाहा पाउने ? रक्तचापको श्रेणी कसरी थाहा पाउने ? १ घण्टा पहिले