बुधबार , असार २, २०७८

संवैधानिक संकटको समाधान सर्वपक्षीय गोलमेच सम्मेलनबाट खोज्नु पर्ने: दिलनाथ गिरी

संवैधानिक संकटको समाधान सर्वपक्षीय गोलमेच सम्मेलनबाट खोज्नु पर्ने: दिलनाथ गिरी

२६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पूर्वमन्त्री दिलनाथ गिरीले विद्यमान संवैधानिक संकटको समाधान सर्वपक्षीय गोलमेच सम्मेलनबाट खोज्नु पर्ने बताएका छन् ।

सरकार, प्रतिपक्ष र राष्ट्रपति समेतको भूमिकाबाट संविधान संकटग्रस्त भएको भन्दै राप्रपा नेता गिरीले संवैधानिक राजसंस्था, हिन्दुराष्ट्र र नेत्रविक्रम चन्द पक्षधर समेतको सर्वपक्षीय गोलमेच सम्मेलन प्रस्ताव गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

‘ठूलो धनजनको क्षति गरेर संविधानको विकल्प खोज्नु भन्दा संवैधानिक राजसंस्था सहितको हिन्दुराष्ट्र र यो संविधानसँग विमति राख्ने नेत्रविक्रम चन्द समेतको सर्वपक्षीय गोलमेच सम्मेलनबाट यो समस्याको समाधान खोजौं । नेपाल र नेपालीको यसैमा कल्याण हुनेछ भन्ने आमधारणा रहेको बुझिन्छ,’ राप्रपाका कार्यसम्पादन सदस्य गिरीले वुधबार भने ।

संविधानमा भएको व्यवस्थालाई सरकार, प्रतिपक्ष र राष्ट्रपतिले समेत पालना नगरेको कारणबाट गम्भीर समस्या उत्पन्न भएको छ । कामै गर्न नसक्ने अवस्थामा संविधान थला परेको उनको भनाइ छ ।

‘नेपालको संविधान २०७२ को भावना र मर्मलाई सरकार र प्रतिपक्षले नबुझेको हो वा बुझ पचाएको ? प्रक्रिया नै पुरा नगरी संविधान विघटन गर्न मिल्दैन अर्थात् धारा ७६ (५) अनुसार प्रधानमन्त्रीको पद रिक्त भएपछि मात्र प्रक्रिया अगाडि बढ्न सक्छ भन्ने संविधानविद्हरूको ठहर छ,’ गिरीले सामाजिक संजालमा आफ्नो धारणा राख्दै भने ।

‘संविधानअनुसार धारा ७६ को उपधारा ४ प्रयोग नै भएको छैन । यदि उपधारा ५ प्रयोग गर्नुभन्दा अगाडि प्रधानमंन्त्रीले उपधारा ४ अनुसार संसदको विश्वास लिनैपर्छ, नत्र प्रधानमन्त्रीले पदबाट राजीनामा गरी उपधारा ५ अनुसाको सरकार बनाउन मार्ग प्रसस्त गर्नुपर्छ,’ उनले भने ।

‘अनिमात्र उपधारा ५ अनुसार प्रधानमन्त्रीबाहेक संसदमा उपस्थित दलहरूका कुनै पनि सदस्यले आधारसहित प्रधानमन्त्री हुनको निमित्त आफ्नो हकदाबी राष्ट्रपतिसमक्ष पेश गर्न सक्ने संविधानमा व्यवस्था भएको कुरा संविधानविद्को धारणा रहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोरोना उपचार निःशुल्क गर्ने भन्दै झुटो प्रचारमा गल्याङ नगरप्रमुख अधिकारी (भिडियोसहित ) कोरोना उपचार निःशुल्क गर्ने भन्दै झुटो प्रचारमा गल्याङ नगरप्रमुख अधिकारी (भिडियोसहित ) २ हप्ता पहिले
सातजना मन्त्रीलाई हटाउन सर्वाेच्चको अन्तरिम आदेश सातजना मन्त्रीलाई हटाउन सर्वाेच्चको अन्तरिम आदेश ४ हप्ता पहिले
निषेधाज्ञामा प्रभावकारी बन्दै प्रधानमन्त्री स्वरोजगार कार्यक्रम निषेधाज्ञामा प्रभावकारी बन्दै प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ४ हप्ता पहिले
भारतबाट नेपालमा अक्सिजन ग्यास भित्रियो भारतबाट नेपालमा अक्सिजन ग्यास भित्रियो ४ हप्ता पहिले
एनआईसी एशिया बैंकले ऋणपत्र निष्कासन गर्न पायो अनुमति एनआईसी एशिया बैंकले ऋणपत्र निष्कासन गर्न पायो अनुमति ७ दिन पहिले
अमेरिकाको टेनिसीमा सेस्ना बिमान दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु अमेरिकाको टेनिसीमा सेस्ना बिमान दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु २ हप्ता पहिले
असत्य र भ्रामक समाचारप्रति हिमालय एअरलाइन्सकाे गम्भीर ध्यानाकर्षण असत्य र भ्रामक समाचारप्रति हिमालय एअरलाइन्सकाे गम्भीर ध्यानाकर्षण ४ हप्ता पहिले
जापानलाई कर्मथलो बनाएका तीन युवाले गरे आर्थिक सहयोग जापानलाई कर्मथलो बनाएका तीन युवाले गरे आर्थिक सहयोग १ हप्ता पहिले