सोमबार , असार ७, २०७८

छाती दुख्नुको प्रमुख कारणहरु के के हुन ?

छाती दुख्नुको प्रमुख कारणहरु के के हुन ?

२७ जेठ, काठमाडाैं । लगभग ९० प्रतिशत भन्दा बढी मानिसमा छाती दुख्ने कारण मुटुसँग सम्बन्धित हुँदैन । छाती दुख्नुको अर्थ मुटुकै कारण हो भन्न मिल्दैन । हामी भ्रममा परेर छाती दुख्नुको कारण मुटुमै समस्या भएको ठान्छौ तर त्यो सोचाइ गलत हो । लगभग ९० प्रतिशत भन्दा बढी मानिसमा छाती दुख्ने कारण मुटुसँग सम्बन्धित हुँदैनन् । तर दुखाइको प्रकृति फरक भएकोले यदि तपाइलाई मुटुको समस्या छ भने चाडै नै डाक्टरलाई देखाई हाल्नु पर्छ । र अझ ह्दयघातको कारणले छाती दुखेको भए, १ मिनेट पनि समय खेर नफाली अस्पताल गैहाल्नु पर्छ ।

छाती दुख्नुको कारणहरु

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

हाम्रो छातीमा मुटु र फोक्सो दुई प्रमुख अंगहरु हुन्छन् । छाती दुखेमा पहिला यी दुई अंगहरुको कारणले हो वा होइन भनी सोच्नुपर्छ । छातीको बनावटमा हड्डी, मांशपेशी, नशा र छालाको पनि भूमिका भएकाले यी अंगहरुको समस्या भएर पनि छाती दुख्न सक्छ । धेरैजसो अवस्थामा छाती दुख्ने कारण हड्डी र मांसपेशीसँग नै सम्बन्धित हुन्छन् । ओपीडीमा छाती दुखेर जँचाउन आउने धेरैजसो बिरामीहरुमा यी कारणहरु नै प्रमुख भएका तथ्य हाम्रो अध्ययन र अनुभवले देखाएको छ । तर, पनि आकस्मिक कक्षमा आएका विरामीको पहिला मुटु र फोक्सोको जाँच गर्नु नै उचित हुन्छ । अर्थात इमर्जेन्सीमा छाती दुखेर आउने बिरामीहरुमा ह्दयघातको कारणले छाती दुखेको हो वा होइन भनि निश्चित गर्नुपर्छ ।

छाती दुख्ने कारण कसरी थाहा पाउने ?

फोक्सोको कारणले छाती दुख्दास् लामो श्वास लिँदा वा फेर्दा चस्स छातीको एकातिर (दायाँ र बाँया) करङ्गमा दुख्यो भने फोक्साको कारणले दुखेको हुनसक्छ । दुब्लो मानिसमा यो समस्या बढी देखिन्छ । यस्तो बेलामा स्वाँस्वाँ हुने, ज्वरो आउने पनि हुन सक्छ । निमोनियाको कारणले पनि यस्तो हुनसक्छ ।

मांसपेशी वा हड्डीको कारणले छाती दुख्दा छातीको दायाँ भाग, पछाडी वा छेउतिर करङ्गमा दुख्यो भने मांसपेशी वा हड्डीको कारणले हुनसक्छ । यो भागमा दुखेमा मुटुको कारणले हुने संभावना कम हुन्छ । हातले छाम्दा दुख्ने, श्वास फेर्दा दुख्ने, छातीको घुमाइसँगै दुखाईको तिब्रतामा परिवर्तन आउने जस्ता लक्षण भएमा मांसपेशी र हड्डीको कारणले दुखेको हुनसक्छ ।

मुटुको कारणले छाती दुख्दास् छातीको बीच भाग वा बायाँतिर एकनासले दुख्ने वा दबाब महसुस गर्ने वा पोल्ने हुन सक्छ । दुखाईको तिब्रता कम वा बढी हुनसक्छ । दुखाई सँगसँगै धेरै पसिना आउने, वान्ता हुन खोज्ने, मुटु ढुकढुक हुने, डर लाग्ने, कमजोरी हुने जस्ता लक्षणहरु भएमा ह्दयघातको संभावना बढी हुन्छ । ह्दयघातबाट छातीको दुखाई देब्रे हात, घाँटी वा पीठ्युमा पनि सर्न सक्छ ।

छाती दुखेमा के गर्ने ?

१. ह्दयघात जस्तो लक्षण छ भने तुरुन्तै अस्पतालको इमर्जेन्सीमा पुगेर इ.सी.जी. गर्ने।

२. ह्दयाघात जस्तो लक्षण छैन तर पनि दुखाई लगातार भइरहेको छ भने चाँडै चिकित्सकको परामर्श लिने।

३.दुखाई मुटु रोगसँग मिल्दैन र धेरै अप्ठ्यारो पनि भएको छैन भने योजना बनाएर सुविधा अनुसार मुटुरोग विशेषज्ञसँग जँचाउने।

४. जोखिम उच्च भएका बिरामीलाई जस्तो किसिमको छाती दुखाई भएपनि मुटुरोग विशेषज्ञको परामर्श लिनु आवश्यक हुन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रुडेन्सियल इन्स्योरेन्सको सभाले पारित गर्यो ८ दशमलव ४२ प्रतिशत लाभांश प्रुडेन्सियल इन्स्योरेन्सको सभाले पारित गर्यो ८ दशमलव ४२ प्रतिशत लाभांश २० घण्टा पहिले
अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने ३ घण्टा पहिले
स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै १९ घण्टा पहिले
पहिरो पन्छाएर मर्मतका लागि श्रमदान गर्दै पहिरो पन्छाएर मर्मतका लागि श्रमदान गर्दै २९ मिनेट पहिले
सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार १३ घण्टा पहिले
पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा २० घण्टा पहिले
माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त २३ घण्टा पहिले
राइफल पड्किएर ड्युटीमै रहेका सेनाका जवान घाइते राइफल पड्किएर ड्युटीमै रहेका सेनाका जवान घाइते १२ मिनेट पहिले