बुधबार , असार २, २०७८

हाइड्रोइलेक्ट्रीसिटीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

हाइड्रोइलेक्ट्रीसिटीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

२७ जेठ, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि बुक क्लोज गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ९ गते पाएको थियो ।

कम्पनीले अव ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १६ अर्ब ५० करोड रहेको छ ।

शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको पूँजी २७ अर्ब ५० करोड पुग्नेछ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू। ६३ करोड ८९ लाख ९० हजार नाफा कमाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय