मंगलबार , असार १, २०७८

असार १ बाट आन्तरिक उडान खुलाउन सरकारसँग निजी हवाई कम्पनीको आग्रह

असार १ बाट आन्तरिक उडान खुलाउन सरकारसँग निजी हवाई कम्पनीको आग्रह

२७ जेठ, काठमाडौं । कोरोना महामारीका कारण  जारी लकडाउन खुकुलो बनाउँदै लैजाने सरकारको तयारीका बीच आन्तरिक उडान सुचारु गर्न निजी हवाई कम्पनीहरुले सरकारसँग आग्रह गरेका छन् ।

व्यवसाय चलायमान बनाउनुपर्ने भन्दै आन्तरिक हवाइ सेवा सञ्चालकले आउँदो असरा १ गतेबाट आन्तरिक उडान खोल्न सरकारलाई आग्रह गरेका हुन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यसका लागि हवाई कम्पनीहरुले असार १ गतेबाट उडान खुलाउन आग्रह गर्दै पर्यटनमन्त्रीलाई पत्राचार गरिसकिएको हवाइ सेवा संचालक संघका प्रवक्ता योगराज कंडेलेले जानकारी दिएका छन् । पछिल्लो समय संक्रमण दर घटेसँगै सबै क्षेत्रमा निषेधाज्ञा केही खुकुलो पारिने बताएपनि आन्तरिक उडान भने तत्काल खुला गर्ने पक्षमा सरकार छैन ।

यता स्वास्थ्य मन्त्रालयले भने संक्रमण दर उल्लेख्य नघटेको अवस्थामा आवागमन सहज थप जोखिम थप बढ्ने भन्दै अवागमन सहज बनाउन हतार नगर्न आग्रह गर्दै स्वास्थ्य मापदण्ड पालनामा जोड दिएको छ।

अन्तराष्ट्रिय उडान तर्फ भने सरकारले कतार एयर, नेपाल एयलाइन्स, एयर इण्डिया लगायत ४ वटा एयरलाइन्सको उडान जारी राखेको छ । अन्तर्राष्ट्रिय उडानबाट आउने सबै यात्रुलाई ७२ घण्टे बारकोडसहितको पीसीआर नेगेटिभ रिपोर्ट, अनिवार्य १० दिनको होटल क्वारेन्टिन बस्नुपर्ने ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय