सोमबार , असार ७, २०७८

बाँकेमा आठ हजारले लगाए भेरोसेल

बाँकेमा आठ हजारले लगाए भेरोसेल

२७ जेठ,बाँके । कोभिड–१९ विरुद्धको चिनियाँ खोप ‘भेरोसिल’ लगाउनेक्रम यहाँ जारी छ । जिल्लाका आठ पालिकाका ६२ देखि ६४ उमेर समूहका करिव सात हजार ९२९ जना मध्ये बुधबारसम्म पाँचहजार ८५९ जनाले खोप सेवा लिइसकेका छन् ।

कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीले कोरोना विरुद्धको खोप अभियान जारी रहेको बताए । उनले आफूलाई पायक पर्ने खोपकेन्द्रमा पुगी खोप लगाउन नागरिकलाई आग्रह गरे । पछिल्लो समय निषेधाज्ञा तथा कोरोना परीक्षण तीब्र गरिएकाले संक्रमितको सङ्ख्या जिल्लामा कम हुँदै गएको छ । साथै जिल्लाका अस्पतालमा संक्रमितका लागि छुट्याइका श्यया समेत खाली हुन थालेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

नेपालगन्ज उपमहानगरपालिकामा लक्ष्यको ९९ प्रतिशतले नागरिकले खोप लगाएका छन् । सो उपमहानगरपालिकामा दुईहजार ३७ जना लक्षित नागरिक रहेकामा दुईहजार ३५ जनाले खोप लिइसकेको छन् ।

यसैगरी कोहलपुर नगरपालिकामा एक हजार ३२५ जनामध्ये एक हजार ४६, खजुरा गाउँपालिकामा आठ सय ७० जना मध्ये ७०९, राप्तीसोनारी गाउँपालिकामा ९ सय ५० जनामध्ये २४३, डुडुवा गाउँपालिकामा ५ सय ६ जना मध्ये ३२९, नरैनापुर गाउँपालिकामा ५ सय ५८ जनामध्ये ४५, जानकी गाउँपलिकामा ६ सय ५८ जनामध्ये ५ सय ४२ र बैजनाथ गाउँपालिकामा ९ सय ३५ मध्ये ८ सय ५३ जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ती पालिकाका ८७ खोपकेन्द्र मार्फत् सेवा प्रदान गरिएको छ । डुडुवा गाउँपालिकाले मंगलबार नै खोप लगाउन सम्पन्न गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पहिरोका कारण पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध पहिरोका कारण पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध ६ दिन पहिले
अनलाइन भिडियो कन्फ्रेन्समार्फत माओवादी केन्द्रको आकस्मिक बैठक जारी अनलाइन भिडियो कन्फ्रेन्समार्फत माओवादी केन्द्रको आकस्मिक बैठक जारी २ घण्टा पहिले
देउवा प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफलमा देउवा प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफलमा ३ घण्टा पहिले
पानीको बहाव बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला पानीको बहाव बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला ६ दिन पहिले
स्वतन्त्र प्रेस बिरोधी नीतिहरु कार्यान्वयन हुन नदिन चरणबद्ध आन्दोलन गरिने स्वतन्त्र प्रेस बिरोधी नीतिहरु कार्यान्वयन हुन नदिन चरणबद्ध आन्दोलन गरिने २ दिन पहिले
गण्डकीमा ३० अर्ब तीन करोड ९४ लाखको बजेट [ पूर्णपाठ ] गण्डकीमा ३० अर्ब तीन करोड ९४ लाखको बजेट [ पूर्णपाठ ] ६ दिन पहिले
इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) ६ दिन पहिले
अनलाइन कक्षा सञ्चालन गर्न आवश्यक उपकरण किन्न माग अनलाइन कक्षा सञ्चालन गर्न आवश्यक उपकरण किन्न माग ७ दिन पहिले