शुक्रबार , असार ११, २०७८

पाँचथर जिल्ला अस्पताललाई १०० श्ययामा स्तरोन्नति गरिने

पाँचथर जिल्ला अस्पताललाई १०० श्ययामा स्तरोन्नति गरिने

२७ जेठ,पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पाँचथर जिल्ला अस्पताललाई १०० श्ययाको अस्पतालमा स्तरोन्नति गर्न प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई आग्रह गरेका छन् ।

मङ्गलबार मुख्यमन्त्री राईलाई पत्र पठाउँदै पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य मन्त्री नेम्वाङले पाँचथरसहित तेह्रथुम, ताप्लेजुङ र इलामका सर्वसाधारणले सेवा लिने सो अस्पतालको स्तरोन्नति अत्यावश्यक भएकाले स्तरोन्नति गरी बजेटको व्यवस्था गरिदिन आग्रह गरेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

मन्त्री नेम्वाङले भौतिक पूर्वाधारसमेत तयार भएकाले पाँचथर अस्पताललाई आगामी आर्थिक वर्ष २०७८/०८९ को नीति, कार्यक्रम तथा बजेटमार्फत व्यवस्था गर्न मुख्यमन्त्री राईलाई आग्रह गरेका छन् । उक्त पत्र प्राप्त भएपछि मुख्यमन्त्री राईले मन्त्री नेम्वाङको आग्रह र पाँचथर जिल्ला अस्पतालमा सेवाग्राहीको चापका आधारमा उपयुक्त निर्णय लिने वचन दिएको मन्त्री नेम्वाङका स्वकीय सचिव गणेश योङहाङले जानकारी दिए ।

मन्त्री नेम्वाङकै पहलमा गत वर्ष जिल्ला अस्पतालमा आइसीयु र भेण्टिलेटर जडानका लागि प्रधानमन्त्री कोभिड–१९ आकस्मिक कोषबाट रु दुई करोड बजेट समेट विनियोजना भएको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय