सोमबार , असार ७, २०७८

उपत्यकामा अझै एक साता निषेधाज्ञा थपिने

उपत्यकामा अझै एक साता निषेधाज्ञा थपिने

२८ जेठ, काठमाडौं । झण्डै डेढ महिनादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अब भने खुकुलो हुने आम अपेक्षा छ । धेरैले अब असार १ गतेबाट राजधानीको जनजीवन विस्तारै सामान्य हुने अनुमान गरेका छन् ।

यसबारे निर्णय लिने अधिकार प्राप्त निकाय जिल्ला प्रशासन कार्यालय भने अहिल्यै हतार गर्न नहुने पक्षमा छ । कोरोना संक्रमणकाे संख्या केही घटेको भएपनि अहिल्यै जनजीवन सामान्य बनाउने अवस्थामा पुगिनसकेको बुझाई प्रशासनको रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यसबारे आवश्यक निर्णय लिन भोलि उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । भक्तपुर जिल्ला प्रशासन कार्यालय प्रमुख प्रेमप्रसाद भट्टराई पनि अहिल्यै बजार खोल्ने हतार गर्दा पछि पछुताउनु पर्ने हुन सक्नेतर्फ सजग हुनुपर्ने बताउँछन् ।

संक्रमणको दर केही मत्थर भएपनि ढुुक्क हुने अवस्था छैन, त्यसैले अझै एक साताको अवस्था हेरेर मात्रै जनजीवन खुलाउनु पर्ने हुनसक्छ–उनले भने । भोलि हामी बैठक गर्छौं, सबैको जे धारणा रहन्छ त्यसै गर्ने हो – भट्टराईले भने ।

अब एक हप्तानिषेधाज्ञा थप्दा जनजीवन सहज हुने र संक्रमणको वास्तविकअवस्थासमेत ज्ञात हुने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय