मंगलबार , असार १, २०७८

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

२८ जेठ, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले गत वैशाख १२ गते सम्पन्न वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सोही अनुसार ७ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख पुगेको छ । कम्पनीले सोही पूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

४० प्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी १ अर्ब ६२ करोड पुग्नेछ । कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्नका लागि बीमा समितिले पनि स्वीकृति दिएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ ।

बिहीवार कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २३ रुपैयाँले कमि आएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। १ हजार ३१० कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय