साक्षरता कक्षा सञ्चालित विद्यालयमा ‘फोन पाठशाला’ शुरु
नेपालबहस संवाददाता
जेठ २९, २०७८ शनिबार १८:४८:३१
२९ जेठ, दमौली । रुम टु रिडको साक्षरता कार्यक्रम सञ्चालन भएका तनहुँका विद्यालयमा फोन पाठशाला शुरु हुने भएको छ । रुम टु रिडको साक्षरता कार्यक्रम सञ्चालन भएका विद्यालयका नेपाली भाषा शिक्षकहरुले अब मोबाइलबाट विद्यार्थीलाई पढाउने भएका छन् ।
विद्यार्थी सिकाइ सहजीकरणका विभिन्न वैकल्पिक तरिकाहरुको अभ्यास गरिरहेको रुम टु रिडले फोन पाठशालाको अवधारणा अगाडि बढाएको हो । कोरोना कहर र निषेधाज्ञाका कारण विद्यालय बन्द भएपछि फोन पाठशाला सञ्चालन गर्न लागिएको छ । यसका लागि साक्षरता कार्यक्रम सञ्चालन भएका जिल्लाका ३३ विद्यालयका ६१ जना नेपाली भाषा शिक्षण गर्ने शिक्षकलाई अभिमुखीकरण गरिएको छ ।
फोन पाठशाला मार्फत् पुनः विद्यार्थीहरुसँग जोडिन पाउने भएपछि उत्साहित भएको भानु संस्कृत माध्यमिक विद्यालयका शिक्षक गीता आचार्यले बताए । भृकुटी माध्यमिक विद्यालयका शिक्षक देवी सिग्देलले विद्यार्थीको सिकाइका लागि फोन पाठशाला प्रभावकारी हुने बताए ।
कोरोनाका कारण विद्यालय बन्द भई विद्यार्थीको सिकाइमा भएको क्षति कम गर्न फोन पाठशालाको अवधारणा अगाडि बढाएको रुम टु रिडका साक्षरता कार्यक्रम अधिकृत एलबी खड्काले जानकारी दिए । विद्यार्थी सिकाइ सहजीकरणका लागि रुम टु रिडले रेडियो स्कूल, अनलाइन पुस्तकालय र फोन मार्फत् अभिभावक शिक्षा समेत सञ्चालन गरिरहेको छ ।
विद्यालयका कक्षाकोठामा रमाउनुपर्ने बालबालिकाहरु कोरोना कहरले घरमै बस्न बाध्य हुँदा पठनपाठनमा क्षति पुगेको छ । घरमा बसिरहेका विद्यार्थीको सिकाईमा सहजीकरणका लागि फोन पाठशाला सञ्चालन हुने संस्थाले जनाएको छ । संस्थाले सबै पालिकाका शिक्षा शाखा प्रमुखहरुसँग यसबारेमा अनलाइन बैठक समेत गरेको छ । सबै पालिकाले यसका लागि अनुमति दिएका छन् । फोन पाठशालामा विद्यार्थीहरुको सिकाई कठिनाइका आधारमा हरेक विद्यार्थीलाई के सिकाउने भनी कार्ययोजना तयार गर्ने र सोही कार्ययोजना अनुसार विद्यार्थीलाई महिनामा कम्तिमा तीन पटक फोन गरी फोनबाट सिकाइने रुम टु रिडका साक्षरता कार्यक्रम अधिकृत खड्काले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग
बैशाख २९, २०८१ शनिबार
भवन अभावले एउटै कोठामा दुई फरक-फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता
बैशाख २५, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार