Nb Grihani bachat khata
१६ श्रावण २०७८, शनिबार

आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन

प्रकाशित मिति :  ३१ जेष्ठ २०७८, सोमबार १४:१६


dhito

३१ जेठ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार भयो । आइतबार करिब चार दर्जन कम्पनीको शेयर सर्किट लेबलमा कारोबार हुँदा शेयर कर्नरिङ बढेको अत्याधिक चर्चा भएको छ ।

सिमित व्यक्ति तथा समुहले कर्नरिङ गरी शेयर मूल्य बढाएको गुनासो लगानीकर्ताहरुको हो ।गुनासो बढ्दै गएपछि नेपाल धितोपत्र बोर्डले यसको छानबिनका लागि कमिटि गठन गरी अध्ययन थालेको छ ।

बजारमा शेयर आपुर्ति कम भएका केही कम्पनीहरु मूल्यमा अस्वाभिक वृद्धि हुँदै गएपनि यसको छानबिन गर्न शुरु गरिएको बोर्डका अध्यक्ष भिष्मराज ढुङगानाले बताए ।

शेयर कर्नरिङ भएको गुनासो आएको हो तर वास्तविकता पत्ता नलगाई बोर्डले कारवाही गर्न अप्ठ्यारो हुन्छ,’ ढुंगानाले भने, ‘पछिल्लो समय जुन-जुन कम्पनीको अस्वाभिकरुपमा मूल्य बढेको ती कम्पनीहरुको बोर्डले विस्तृत अध्ययन गर्दैछ, कर्नरिङ भएको हो/होइन र हो भने कसरी भएको हो ? त्यसको अध्ययन बोर्डले एकसाता अघिबाटै शुरु गरेको छ ।’

शेयर कर्नरिङ भएको हो/होइन पत्ता लगाउनको दरिलो आधार चाहिने भएकाले बोर्डले नेपाल स्टक एक्सचेञ्चसँग समन्यव गरी अध्ययन गरिरहेको उनले बताए ।

गुनासो आएको वा कसैले भनेकै भरमा कर्नरिङ गरेको भनेर कारवाही गर्न नमिल्ने हुँदा वास्तविकता पत्ता लगाउन अघिल्लो साताबाट बोर्डले अध्ययन थालेको उनले जानकारी दिए ।

थोरै साधारण लगानीकर्ताको स्वामित्व भएको निश्चित व्यक्ति तथा समुहका स्वामित्व बढी भएको शेयरमा कर्नरिङ हुने आशंका बोर्डले गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?