विवादले जलविद्युत् आयोजनाको काम अलपत्र
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १६:१५:२०
१ असार,खोटाङ । रावाबेँसी गाउँपालिकामा सञ्चालन हुन लागेको जलविद्युत् आयोजना र सिँचाइ योजनाबीचको विवादले सिँचाइ आयोजनाको काम अलपत्र परेको छ । दूधकोशी पावर कम्पनी प्रालिको प्रवद्र्धनमा सञ्चालन हुने ६.५ मेगावाटको रावाखोला जलविद्युत् आयोजना र वडा नं ६ हौँचुरस्थित हौँचुर गरा सिँचाइ आयोजनाबीचको विवादले सिँचाइ आयोजनाको काम अलपत्र परेको हो ।
हौँचुरबेँसीका करिब १०१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने सिँचाइ आयोजनाका लागि बोलपत्र आह्वानको म्याद दोस्रोपल्ट थप गर्दासमेत विवाद हल हुन नसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका प्रमुख मेघराज ज्ञवालीले बताए । सिँचाइ आयोजनाको बोलपत्र (ठेक्का) आह्वान भएपछि जलविद्युत् आयोजनालाई असर पर्ने भन्दै दूधकोशी पावर कम्पनीले सिँचाइ आयोजनाको ठेक्का प्रक्रिया अघि नबढाउन निवेदन दिएपछि सिँचाइ आयोजनाको काम शुरु नहुँदै झमेलामा फसेको हो ।
हौँचुरमा सिँचाइ प्रणाली पुनःस्थापना आयोजना कुवेत फण्ड ९आइएसआइपी–केएफएइडी०अन्तर्गत रु पाँच करोड चार लाखको हौँचुर–गरा सिँचाइ आयोजनाको काम अघि बढाइएको थियो । विसं २०७६ मा विस्तृत आयोजना प्रतिवेदन तयार पारिएको सिँचाइ योजनाको काम २०७९ असारसम्ममा पूरा गर्नुपर्ने म्याद छ । आयोजनाका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत चैत ३१ गते बोलपत्र आह्वान गरेको थियो । जलविद्युत् आयोजना र हौँचुर–गरा सिँचाइ आयोजनाका लागि एउटै मुहान रावाखोला भएपछि विवाद शुरु भएको हो ।
जलविद्युत् आयोजनाको मुहान सिँचाइ आयोजनाको भन्दा केहीमाथि रहेको बताइएको छ तर सिँचाइ आयोजनाले जलविद्युत् आयोजनालाई असर गर्ने दूधकोशी पावर कम्पनीका अध्यक्ष प्रेम लामाले बताए । सिँचाइ आयोजनाका लागि कार्यक्रम तथा बजेट स्वीकृत गराएर निर्माण प्रक्रिया अघि बढाउने सहमति लिएसँगै वडा कार्यालय हौँचुरले गत वैशाख २७ गते ठेक्का प्रक्रिया अघि नबढाउन सिफारिस गरेको थियो । दुई आयोजनाबीच विवाद चर्किँदै गएपछि वैशाख २७ गते सिँचाइ योजनाले जलविद्युत्लाई असर गर्ने÷नगर्ने सत्यतथ्य पत्ता लगाउन रावाबेँसी गाउँपालिकाले लिखित पत्राचार गरेको थियो ।
उपभोक्ता समितिसँग योजना सम्झौता प्रक्रिया अन्तिम चरणमा रहेको तथा बोलपत्र आह्वान भइसकेको अवस्थामा हालसम्म सो सिँचाइ आयोजनाको ठेक्का प्रक्रिया रोक्का रहेको छ । दुई आयोजनाबीच चुलिएको विवाद समाधानमा भने हालसम्म कसैको पहलकदमी देखिएको छैन । वडा कार्यालय हौँचुर र गाउँपालिकाले पठाएको पत्रका आधारमा जलविद्युत्लाई पर्ने असरका बारेमा सम्बन्धित पक्षसँग समन्वय, छलफल र परामर्श गरी सात दिनभित्र सत्यतथ्य जानकारी दिन डिभिजन कार्यालयले वैशाख २९ गते उपभोक्ता समितिलाई पत्राचार गरेको थियो । त्यही बीचमा जेठ ६ गते वडा कार्यालय हौँचुरले सिँचाइ आयोजनाको ठेक्का प्रक्रिया अघि बढाउन डिभिजनमा पत्राचार गरेको थियो ।
डिभिजन कार्यालयमा वडाको पत्र आएको भोलिपल्टै जलविद्युत् आयोजनाले गाउँपालिकालाई सिँचाइ आयोजनाको ठेक्का प्रक्रिया स्थगन गर्न सिफारिस गरेको थियो । विवाद लम्बिँदै गएपछि सिँचाइ उपभोक्ता समितिले ठेक्काको म्याद सात दिन थप गरिदिन भन्दै जेठ २० गते डिभिजनसमक्ष माग गरेको प्रमुख ज्ञवालीले बताए ।
विसं २०३८ मा निर्माण शुरु गरेर २०३९ मा पूरा गरिएको सिँचाइ योजनाले ओगटेको जग्गालाई विसं २०४१ मा नापी नक्सामा कायम गरिएको उपभोक्ता समितिको दाबी छ । हौँचुर–गरा सिँचाइ आयोजना नयाँ योजना नभई पुरानो कुलोलाई प्रणालीमा सुधार गर्न मात्र लागिएको सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लीलाध्वज केसीले बताए ।
सिँचाइ कुलो स्थगन फुकुवाको माग गर्दै जेठ ९ गते गाउँपालिकासमक्ष माग गरेको उपभोक्ता समितिले जेठ १६ गते विज्ञप्ति जारी गरेको थियो । दूधकोशी पावर कम्पनी प्रालिका अध्यक्ष लामाले भने नामनिशानै नभएको कुलोको कुरा निकालेर करोडौँको लगानी फसिसकेको जलविद्युत् आयोजनामा विवाद झिकेको आरोप लगाए ।
जलविद्युत् आयोजनालाई बिगार्ने नियत देखिएकाले जलविद्युत् र सिँचाइ आयोजनामध्ये कुनै एउटा मात्र आयोजना सञ्चालन गर्न सकिने अध्यक्ष लामाको भनाइ छ । जेठ १८ गते गाउँपालिकामा भएको बैठकमा पनि सिँचाइ योजनाको ठेक्का प्रक्रिया रोक्का राख्ने निर्णय भएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक कांग्रेसद्वारा बहिस्कार
बैशाख ३१, २०८१ सोमबार
झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइयो
बैशाख ३१, २०८१ सोमबार
शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक : प्रदेश प्रहरी प्रमुख खापुङ
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
चिसो हावा र पानीले प्रसिद्ध 'नरपानी डाँडा'
बैशाख ३१, २०८१ सोमबार
मन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री, जसपाले पठायो तीन जनाको नाम
बैशाख ३१, २०८१ सोमबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
बैशाख ३१, २०८१ सोमबार