ओलीको चालमा रन्थनिएको एमाले
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १९:५१:१
१ असार, काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले यही हप्ता असन्तुष्ट पक्षका नेताहरुलाई समेत सहभागी गर्ने गरी बोलाउन लागेको स्थायी कमिटी बैठकमा खनाल–नेपाल पक्षले भाग लेला त ? वरिष्ठ नेता माधवकुमार नेपाल भन्छन्–जेठ २ , २०७५ अघिको एमाले बैठक डाक्दा जान सकिन्छ । तर जेठ ३ अन्तर्गतको बैठक भने हाम्रा लागि स्वीकार्य छैन ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले असन्तुष्ट पक्षका माग पूरा गर्ने भन्दै त्यसका लागि खनाल–नेपाल पक्षलाई समेत सामेल गराएर स्थायी कमिटी राख्न पहल गरिरहेका छन् । यसका लागि ओलीले अर्थमन्त्री विष्णु पौडेललाई सकृय बनाएका छन् । पौडेलले अस्ती नेता नेपाल र हिजो वामदेव गौतमसँग यही विषयमा कुरा गरेका छन् ।
प्रधानमन्त्री ओलीकाे पछिल्लो चाहना भनेको प्रधानमन्त्री पदको निरन्तरता नै हो । तर नेपाल पक्षका २३ जनाले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । विघटित प्रतिनिधिसभा पुनस्थापनाको सम्भावना बढेको छ । त्यसैले देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता नै ओलीको एक मात्र लक्ष्य रहेको छ ।
ओलीलाई जनता समाजवादी पार्टीका २० जनाको समर्थन रहेको छ । त्यसैले उनी नेपाल पक्षका केही नेताको समर्थन लिन सके प्रधानमन्त्री पद सुरक्षित रहनेमा ढुक्क छन् । ओलीको यो चालबाजी नेता नेपालले नबुझेका होइनन् । यसैबीच सर्वाेच्च अदालतले ओलीद्वारा एकपक्षीय रुपमा दशाैं महाधिवेशन आयोजक कमिटी बनाएको निर्णय अवैधानिक भनेपछि नेपाल पक्ष अली सुरक्षित देखिएको छ ।
एमाले भित्र आफ्नो स्थान र भूमिकाप्रति नेपाल पक्षले सुरक्षाको अनुभूति गरेको छ । तर ओलीको भूमिका नै फेरि पनि निर्णायक मानिएको छ । ओलीले विपक्षीसँगको गठबन्धन टुटाउन पनि यस्तो रणनीति बनाएको हुन सक्ने अनुमान नेपाल पक्षको रहेको छ ।
त्यसलाई थप मजबूत बनाउने भन्दै हिजो मात्रै नेता नेपाल निवासमा कांग्रेस सभापति देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।
ओलीले अहिलेपनि मनैबाट सहमति गर्न नचाहेको बुझाई नेपाल पक्षको रहेको छ । त्यसैले ओली पक्षको कदमपछि मात्रै आफूहरु अगाडि बढ्ने नेपाल पक्षको तयारी रहेको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार