निषेधाज्ञा खुकुलो भएपछि सहज बन्दै बाँकेको जनजीवन
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार १८:४०:७
२ असार,नेपालगञ्ज । बाँकेमा निषेधाज्ञा खुकुलो भएपछि यहाँको दैनिक जनजीवन सहज बन्दै गएको छ । निषेधाज्ञाको शुरुआती चरणमा औषधि, किराना, खाद्यान्न तथा तरकारीलगायत अत्यावश्यक वस्तुका पसलमात्र खोल्न दिइएकामा गत एक सातादेखि सबैखाले पसल खोल्न अनुमति दिइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार, बिहान ७ देखि अपराह्न २ बजेसम्म सबैखाले पसल खोल्न दिने सहमति नेपालगञ्ज उद्योग वाणिज्यसँग भएको छ ।
एक सातायता कपडा, हार्डवेयर, भाँडाकुँडा, विद्युतीय उपकरण, कम्प्युटर, स्टेशनरी, घर निर्माण सामग्रीलगायत पसल खोल्न दिइएको छ भने विवाह, व्रतबन्धलगायत धार्मिक गतिविधिलाई पनि सहज बनाइएको छ । पन्ध्र जनासम्म जम्मा भएर विवाह र व्रतबन्धजस्ता धार्मिक गतिविधि गर्न अनुमति दिइएको प्रजिअ गेलालले जानकारी दिए । यहाँका होटेल व्यवसाय, रेष्टुरेन्ट, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च, सिनेमाघर सार्वजनिक यातायात भने बन्दकै अवस्थामा छन् । यी व्यवसाय दुई महिनादेखि बन्दकै अवस्थामा रहेकाले यसका व्यवसायीलाई आर्थिक नोक्सानीको हिसाबले नराम्ररी चिमोट्ने गरेको होटेल व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष भीमलाल कँडेलको भनाइ छ ।
“अधिकांश होटेल तथा यातायात व्यवसायीले बैंकबाट ऋण लिएकाले लामो समयको बन्दले ऋणमा डुब्ने अवस्थामा पुगेका छौँ”, अध्यक्ष कँडेलको गुनासो छ । नेपालगञ्ज उद्योग वाणिज्य संघले पनि निषेधाज्ञाको स्वरुप परिवर्तन गरेर होटेल तथा यातायात व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएको छ । संघका अध्यक्ष अव्दुलवाहिद मन्सुरीले निषेधाज्ञाको समयमा उद्योगी, व्यापारीले भोग्नुपर्ने आर्थिक घाटालाई सरकारले सम्बोधन गर्नुपर्ने बताए । संघका तथ्याङ्कअनुसार, बाँकेमा सानाठूला गरी झण्डै पाँच हजारभन्दा बढी उद्योग, व्यवसाय सञ्चालनमा छन् । निषेधाज्ञाका कारण प्रायः सबै व्यवसायीले धेरथोर व्यापार घाटा सहनु परेको छ ।
अर्कोतर्फ पर्यटन गन्तव्यको केन्द्रविन्दुको प्रमुख आधारका रूपमा रहेको यहाँको पर्यटन व्यसाय पनि कोरोना महामारीपछि जारी निषेधाज्ञाको प्रभावमा परेको छ । नेपालगञ्ज हुँदै कैलाश मानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटक आउने अवस्था अहिले ठप्प छ । जसका कारण पर्यटन व्यवसायले पनि ठूलो आर्थिक क्षति भोग्नु परेको नेपाल एसोसिएशन अफ टुर्स एन्ड ट्राभल एजेन्सी ९नाटा० बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए । उनका अनुसार, नाटाले सरकारसँग करमा जरिवाना तथा बैंकको ऋणमा पेनाल्टी मिनाहा, विद्युत् खपतमा छुटमा सहुलियत माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेको कुसुममा झाडापाखालाबाट २९ बिरामी, सात जनाको अवस्था गम्भीर
बैशाख २९, २०८१ शनिबार
निर्वाचनलाई लक्षित गरेर जमुनाहा नाका तीन दिनका लागि बन्द
बैशाख २९, २०८१ शनिबार
गर्मी छल्न पानीको सहारा: भैरहवाका वाटरपार्कमा नेपालीसहित भारतीयको भीड
बैशाख २६, २०८१ बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार