इजरायलद्वारा गाजा क्षेत्रमा फेरि हवाई आक्रमण
नेपालबहस संवाददाता
असार २, २०७८ बिहिबार ०:२३:६
२ असार, जेरुसेलम । इजरायली बायुसेनाले बुधबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा धेरैवटा हवाई आक्रमण गरेको छ । गत महिना गाजापट्टीमा सक्रिय हमास समूहसँग युद्धबिराम गरेपछि पहिलो पटक इजरायली सेनाले आक्रमण गरेको हो ।
इजरायली सेनाले हमास लडाकू समूहका ठेगानाहरुलाई लक्षित गरिएको जनाएको छ । हमास लडाकूहरुले इजरायली भूमिमा आक्रमण गर्ने योजना बनाइरहेको सूचनाका आधारमा हवाई हमला गरिएको पनि सेनाको भनाई छ ।
इजरायली आक्रमणबाट कुनै जनधनको क्षतिका बारेमा विवरण प्राप्त भइसकेको छैन । मंगलबार सयौं इजरायली अतिराष्ट्रवादीहरुले पूर्वी जेरुसेलममा अरब र प्यालेस्टिनी विरुद्ध चर्का नाराबाजी सहित प्रदर्शन गरेका थिए । यस प्रदर्शनले पुनः हिंसात्मक शृङ्खला शुरु हुने खतरा निम्त्याएको छ ।
प्रतिक्रिया स्वरुप, गाजास्थित प्यालेस्टिनीहरुले इजरायलको दक्षिणी भेगमा बिस्फोटक पदार्थ भरिएका बेलुनहरु गाजाबाट उडाएका थिए । यी बेलुन बिस्फोटबाट करिब दश ठाउँमा आगो लागेको इजरायली सेनाको भनाई छ ।
यहूदी समुदायको जुलुस प्रदर्शनले झिनो बहुमत सहित बनेको सरकारका साथै ११ दिनसम्म चलेको इजरायल र हमासबीचको युद्ध रोक्ने गरी भएको युद्धबिराम सम्झौतालाई सङ्कटमा पार्ने खतरा उत्पन्न गरेको छ । गत महिनाको आक्रमणमा २५० जना प्यालेस्टिनी र १३ जना इजरायलीको ज्यान गएको थियो भने गाजामा बम आक्रमणबाट ठूलो संख्यामा धनमाल क्षतिग्रस्त भएको थियो ।
यहूदी समुदायले गरेको प्रदर्शनलाई प्यालेस्टिनीहरुले अत्यन्त निन्दनीय र खेदपूर्ण भनेका छन् । हमासले उक्त प्रदर्शनको प्रतिरोध गर्न प्यालेस्टिनी समुदायसँग अपिल गरेको छ । पूर्वी जेरुसेलमकै विवादलाई लिएर गत महिना ११ दिने युद्ध भएको थियो । गाजा–बाजा सहितका सयौं अतिराष्ट्रवादी यहूदीहरुको समूहले दमास्कस गेट सम्म प्रदर्शन गरेका थिए । यी प्रदर्शनमा सहभागीहरु अधिकांश युवा थिए र धेरैले इजरायली झण्डा बोकेका थिए ।
तर इजरायली विदेश मन्त्री याईर लापिडले ट्वीट गर्दै उक्त प्रदर्शनको निन्दा एवं भत्र्सना रेका छन् । उनले जातिभेदी नाराबाजीले इजरायली जनताको अपमान गर्ने बताए । यो प्रदर्शनमा सहभागीहरु अघिल्लो महिनाका भन्दा कम थिए । दमास्कस गेट बाट उक्त भिड पुरानो शहरबाट पश्चिमी पर्खालतर्फ गएको थियो जहाँ यहूदीहरुले प्रार्थना गर्ने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
बैशाख ३१, २०८१ सोमबार
अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेशी, होला त सुनुवाइ ?
जेठ १, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
जेठ १, २०८१ मंगलबार