बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १३:४७:४३
४ असार, बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर ती घर डुबानमा परेको हो ।
घर डुबानमा परेपछि जनप्रतिनिधि, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै सामानसमेत निकालेर अन्यत्र सारिएको छ । डुबान क्षेत्रमा परेका बजार क्षेत्रको बिहीबार पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, गाउँपालिका अध्यक्ष गुमानध्यव कुँवर, उपाध्यक्ष कल्पना श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल नेतृत्वको टोलीले स्थलगत अनुगमन गरी डुबानबाट भएको भौतिक क्षतिको यकिन विवरण सङ्कलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गर्न आग्रह गरेको छ ।
नदी छेउमा घर भएका कारण पानी पर्न थालेदेखि दुई÷तीन दिनदेखि यहाँका मानिस घर छाडेर बाहिरै बस्दै आएका र बुधबार राति आएको ठूलो बाढीले बस्ती नै डुबानमा परेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा सामान अन्यत्र सारेको पीडित सुदर्शन रायले बताए । दुवै नदीमा बाढी आएको र पछिल्लो समयमा इन्द्रावती नदीले बगर क्षेत्रलाई कटान गर्दै भोटेकोशी नदीलाई धकेलेपछि झन् बस्ती भएकोतिर बहाव बढेपछि घर एक तलासम्म पुरिएको छ ।
डुबानबाट त्यहाँका विन्दा श्रेष्ठ, नानीबाबु मिजार, रामकाजी श्रेष्ठ, राजु श्रेष्ठ, सुवास राय, रामप्यारी गिरी, दिलीप श्रेष्ठ, सुदर्शन राय, लोकदर्शन राय र श्याम बस्नेतलगायत त्यहाँका ११ घरपरिवार सो ठाउँबाट अन्यत्र सरेका छन् । त्यससँगै नदीबाट दोलालघाट पुरानो बजार क्षेत्रमा टहरा बनाएर बस्दै आएका माझी समुदायको टहरासमेत डुबानमा परेको गाउँपालिका अध्यक्ष कुँवरले बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले डुबानमा परेका परिवारको अन्त ठाउँमा पनि घर भएका कारण सुरक्षित ठाउँमा सारिएको र पानीको बहाव झन् बढ्न सक्ने भएकाले थप समस्या हुन नदिन सुरक्षा उपाय अपनाउन प्रहरी प्रशासन परिचालन गरेको बताए ।
नदीमा बाढी आएर दोलालघाट बजार क्षेत्र र मण्डनदेउपुर नगरपालिकाको सिपाघाट क्षेत्र डुबानमा परी पूर्ण तथा आंशिक क्षति भएकाले विपद्बाट प्रभावितको सुरक्षित बसोबास, खाद्यान्न, गैरखाद्य सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा व्यवस्थापन गरिरहेको प्रजिअ पोखरेलले बताए ।
समितिले बिहीबार डुबान क्षेत्रको स्थलगत अनुगमन गरी बाढी तथा डुबान प्रभावितलाई तत्काल आवश्यकपर्ने खाद्य तथा गैरखाद्य सामग्री गाउँ÷नगरपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा गर्ने र स्थानीय तहबाट पहिचान भएका थप आवश्यक सामग्री व्यवस्थापनका लागि प्रभावितहरूको विवरण यकिन गरी गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय वाग्मती प्रदेशमा अनुरोध गर्ने निर्णय गरेको छ । बाढीका कारण दोलालघाटमा रहेको पक्की पुल रहेको स्थानमा नदीले बगाएर ल्याएको ढुङ्गा, गिट्टी, बालुवा आदिका कारण नदीको उचाइ बढेकाले तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायमा अनुरोध गर्नेसमेत जिल्ला समितिले निर्णय गरेको छ ।
त्यससँगै समितिले चाखोला र दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र भोटेकोशी नदीको तटबन्ध गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिश गर्ने र उक्त स्थानमा बाढी पूर्वसूचना प्रणाली जडान गर्न जल तथा मौसम पूर्वानुमान विभागमा अनुरोध गर्ने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल
बैशाख ३१, २०८१ सोमबार