चामेमा अड्किएका मुख्यमन्त्री पोखरेल सकुशल पोखरा आइपुगे
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १६:१७:१४
४ असार, काठमाडौं । मनाङमा विगत केही दिनयता गएको बाढी र पहिरोको निरीक्षण गर्न गएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल सकुशल पोखरा आइपुगेका छन् ।
मनाङका बस्तीहरुमा गएको बाढी र पहिरोको निरीक्षण गर्न गएका मुख्यमन्त्री पोखरेल मौसमले साथ नदिएपछि बिहीबार साँझ चामेमा अड्किएका थिए, तर आज बिहानै मनाङ सदरमुकाम चामेको मौसम खुलेपछि उनी सकुशल पोखरा आइपुगेका हुन् ।
बाढी प्रभावितको अवस्था बुझेर त्यहि अनुसारको व्यवस्थापनका मुख्यमन्त्रीसहितको टाेली हिजो मनाङ गएको थियाे । पोखराबाट बिहीबार दिउँसो राहत सामग्री लिएर गएका मुख्यमन्त्री पोखरेल, बिनाविभागीय मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’, सांसद चिन्तबहादुर घलेसहितको टोली चामेमा अड्किएका थिए ।
मुख्यमन्त्री पोखरेल भन्छन्, नागरिकको रक्षा सरकारको पहिलो दायित्व हो । स्थानीय प्रशासनसँगको सहकार्यमा प्रदेश सरकारले उद्धार र राहतको कामलाई कुनै कसर नराखी अगाडि बढाउने छ । अहिले मनाङमा उद्धार र राहतको काम भइरहेको छ ।
गण्डकीका मुख्यमन्त्री विश्वासको मत लिंदै
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कृष्णचन्द्र नेपाली पोखरेलले आज पोखरा सभागृह (हालको संसद भवन) मा प्रदेशसभाबाट विश्वासको मत लिंदैछन् । यस प्रयोजनका लागि अहिले ११ बजे प्रदेशसभाको बैठक डाकिएको छ ।
संवैधानिक व्यवस्था अनुसार, मुख्यमन्त्री पोखरेलले नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । उनी गएको जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
यस हिसाबले उनले असारको २७ गतेसम्ममा विश्वासको मत लिन सक्थे । तर तत्कालै विश्वासको मत लिएर पूर्ण गतिमा सरकार चलाउने पक्षमा पोखरेल देखिएका छन् ।
हाल प्रदेश सभामा ५९ जना सदस्य रहेका छन् । जसमध्ये ३० जनाको मत भए बहुमत पुुग्ने अवस्था छ । अहिलेको हिसाबमा पोखरेलसँग स्वतन्त्र सांसद् दीपक मनाङेसहित ३१ जनाको समर्थन रहेको छ ।
त्यसैले आज उनले विश्वासको मत पाउने लगभग निश्चित छ । कदाचित विश्वासको मत नपाएको अवस्थामा प्रदेशसभा भंग भई ६ महिना भित्र निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रदेशसभामा एमालेको २७ , कांग्रेसको १५ , माओवादी केन्द्रको १२,राष्ट्रिय जनमोर्चाको २ , जनता समाजवादी पार्टीका २ र स्वतन्त्र १ जना रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार