एमाले एकताको पहल जारी
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १७:२८:१९
४ असार, काठमाडौं । एकातिर प्रतिनिधिसभा पुनस्थापनाको संभावना बढेपछि प्रधानमन्त्री केपी ओली पार्टी एकताको रट लगाउन तल्लिन छन् भने अर्कातिर वरिष्ठ नेता माधवकुमार नेपालको ध्यान नयाँ पार्टी निर्माणमा केन्द्रित छ ।
ओलीले प्रधानमन्त्री पद जोगाउन जालझेल मात्र गरेको भन्दै नेपाल पक्ष नयाँ रणनीति बनाउन अग्रसर देखिएपनि उनी पक्षकै केही नेता भने ओलीका दूतसँग अहोरात्र छलफलमा जुटेका छन् ।
एक महिनाअघि बनाइएको कार्यदलको बैठकका नाममा हिजो पनि दुबै पक्षका दोस्रो तहका नेताहरु लामै समय घोरिएका छन् । हिजो साँझ साढे ६ बजेदेखि करिब ९ बजेसम्म दुबै पक्षका नेताहरु ललितपुरस्थित समिट होटलमा बसेका थिए । तीन तीन घण्टा छलफल भएपनि कुनै ठोस प्रगति भने भएको छैन । तर प्रयास जारी छ– कार्यदलमा नयाँ सदस्यका रुपमा भित्र्याइएका नेता भीम आचार्यले भने ।
एमाले फुटबाट जोगाउनुपर्छ भन्नेमा हामी सहमत छौं , तर ओलीले धेरै गल्ती गरिसकेकाले सच्याउने तत्परता देखाइनुपर्छ – उनले भने । छलफलमा सहभागी अधिकांशले नयाँ सोच र धारणाका साथ पार्टीमा एकता कायम गर्नुपर्ने धारणा राखेको नेता सुभाषचन्द्र नेम्बाङले बताए ।
हामी पनि एकताकै पक्षमा हो , प्रधानमन्त्रीले त्यसका लागि अधिकतम लचकता देखाउनुभएको छ , अब पालो माधव कमरेड ( माधवकुमार नेपाल ) को हो – उनले भने । कार्यदलमा सहभागी सबैको एकै मत रहेका तर नेताहरुलाई भने कन्भिन्स गर्न नसकिएको उनको बुझाई छ । नेम्बाङले भने – प्रधानमन्त्रीले सबै तहमा लचकता देखाउने तत्परता देखाउनु भएको छ, अब त बल माधव कमरेडकै कोर्टमा छ नि ।
यस्तै अर्का नेता घनश्याम भूषालले पनि हिजोको छलफलमा धेरै कुरामा सहमति जुुटेको जानकारी दिए । तर ओलीले कसरी लिनुहुन्छ,त्यो हेरौं अनि मात्रै केही भन्न सकिने उनको धारणा छ । कार्यदलका साथीहरु बीचमा धेरै विषयमा प्रगति भएको छ, तर त्यो सहमतिलाई प्रधानमन्त्रीले कसरी लिनुहुन्छ त्यसैको आधारमा पार्टी एकताले आकार लिने उनले बताए ।
तर अहिल्यै देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिइएको छैन भन्दै उनले सर्वाेच्च अदालतको निर्णयपछि भने कुन मोडलमा एकताको सूत्र तयार गर्ने भन्ने यकीन हुने पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
हतियारको आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्कन
जेठ १, २०८१ मंगलबार
सन्दीपको मुद्दा भट्ट र उप्रेतीको इजलासमा, सुनुवाइ जारी
जेठ १, २०८१ मंगलबार
विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर
जेठ १, २०८१ मंगलबार
मन्त्रिपरिषद बैठकले गर्यो ६० जना सहसचिवको सरुवा
जेठ १, २०८१ मंगलबार