आँखाको लागि राम्रो तरकारी गाजर, ओखर मस्तिष्कका लागी !
नेपालबहस संवाददाता
असार ५, २०७८ शनिबार १६:३४:३८
तपाईले सानैदेखि सुन्दै आउनु भएकै होला कि गाजर आँखाको लागि राम्रो तरकारी हो भने ओखर मस्तिष्कका लागि। यसैगरि पेटको लागि अदुवा, मुटुको लागि गोलभेडा, फोक्सोको लागि अंगुर, पान्क्रियाजको लागि तितेकरेला आदिलाई पनि राम्रो फलफूल मानिने गरिएको छ। यी फलफूलहरू ती अङ्गहरूको लागि वाश्तवमा राम्रा त छदैछन साथै यीनको आकृति पनि ती अङ्गहरू जस्तै नै छन।
यसरी अङ्ग र फलफूलको आकृतिलाई मिलाएर फलफूल खाने चलन पुरानो हो । आज पनि संसारमा धेरै व्याक्तिले यो विधिलाई अपनाएर अङ्ग विशेषका फलफूल छान्ने र खाने गरेका छन् र आश्चर्य जनक रूपमा आधुनिक स्वास्थ्य अनुशंधानहरूले पनि यी विधिहरूलाई मान्यता दिईसकेको छ।
कुन अङ्गका लागि कुन फलफूल राम्रो ?
१. गाजर आखाँको लागि राम्रोः सानै देखि आँखाको लागि राम्रो हुन्छ भनेर नानीबाबुहरूलाई खुवाईने गरेको गाजरलाई अब आधुनिक स्वास्थ्य अनुशंधानले पनि आँखाकालागि साचै राम्रो भनेर प्रमाणीत गरिसकेको छ। वास्तवमा गाजरको एउटा गोलाकार चानालाई उठाएर हेर्ने हो यसको केन्द्रीय भागको आकृति र हाम्रो आँखाको नानीको आकृति मिल्न जान्छ। यही आकृति मिलेका कारणले हाम्रा पिता पुर्खाले गाजरलाई आँखाको लागि राम्रो फल माने र आज आएर यो तथ्य वैज्ञानिक रूपमा पनि पुष्टि भईरहेको छ। गाजरमा आँखालागि चाहिने भिटामिन “ए” बन्न चाहीने बीटा क्यारोटीन पाईन्छ। यसैगरि गाजरमा मोतीबिन्दु हुँन नदिने ल्यूटीन नामक वनस्पतीय रङ्ग पनि पाईन्छ।
२. ओखर मस्तिष्कको लागि राम्रोः ओखरको र हाम्रो मस्तिष्कको आकृति पनि मिल्दोजूल्दो छ। यसैले परापूर्वक कालदेखि ओखरलाई मस्तिष्कको लागि पोषक खानेकुरा मानिदै आएको हो। आधुनिक चिकित्सा विज्ञानले पनि ओखरमा मस्तिष्कको लागि लभदायक धेरै तत्वहरूको पहिचान गरिसकेको छ। ओखरमा मस्तिष्कको लागि आवश्यक भिटामिन ई, फोलिक अम्ल, ओमेगा–३ फ्याट र अनेकै एण्टि अक्सीडेण्टहरू पाईन्छन्। ओखरमा विद्यमान यी तत्वहरूको सेवनले मस्तिष्कको विकाश राम्रोहुने, संज्ञानात्मक एवं चलनात्मक कार्य क्षमता बढ्ने, तनाव कम हुने र मानसिक ताजगी बढ्ने गर्दछ।
३. अदुवा पेटको लागि राम्रोः अदुवाको आकृति पनि हाम्रो पेटको जस्तै जस्तै हुन्छ। यस जडिबुटिलाई वभिन्न देशका परम्परागत चिकित्सा विज्ञानले पाचक द्रव्यका रूपमा अपनाउदै आएको छ। जब हामीले खाएको खानेकुरा पच्दैन, खाना रूच्दैन, अपच, अजीर्ण, अम्लपित्त आदिबाट ग्रस्त भईन्छ त त्यतिखेर अदुवा खाने चलन छ। अदुवामा जीञ्जीरोल नामक शक्तिशाली एण्टिईन्फ्लामेटरी एवं एण्टिअक्सिडेण्ट पाईन्छ। यसले ग्याष्ट्रिाईटिसको कारणले हुने अपच, अजीर्ण, आदि ठीक गर्न र अम्लपित्त ठीक गर्न मद्यत गर्दछ।
४. डूम्म्री अण्डकोषको लागि राम्रोः डूम्म्रीको आकृति र अण्डकोषको भित्री आकृति पनि मिल्दो जूल्दो नै छ। डूम्म्रीमा शुक्रकीट परिपक्क हुन चाहीने क्यालसीयम, पोटासीयम, म्याग्नीज, जीङ्क, भीटामीन बी–६ खाद्यरेशा जस्ता पोषक तत्वहरू प्रशस्त पाईन्छ। डूम्म्रीले महीलाहरूको प्रजनन क्षमतालाई पनि फाईदा पु¥याउदछ।
५. गोलभेडा मुटुको लागि राम्रोः गोलभेडाको आकृति र हाम्रो मुटुको आकृति साथै गोलभेडाको रङ्ग र हाम्रो मुटुको रङ्ग अत्याधिक मिल्दछ। यसैले होला परापूर्वककाल देखि मुटु स्वास्थ राख्न गोलभेडा खाने सल्लाह दिईएको होला तर आज यो सल्लाह वैज्ञानिक तथ्यहरूद्वारा पनि समर्थित हुदै छ। गोलभेडामा हाम्रो मुटु एवं रक्त नलीहरूलाई स्वस्थ राख्ने लाईकोपाईन्स भन्ने शक्तिशाली एण्टिअक्सिडेण्ट पाईन्छ। लाईकोपाईन्सको नियमित सेवनले हृदयघात र मस्तिष्कघातको समस्यालाई रोकथाम गर्दछ।
६. राजमा मृगौलाको लागि राम्रोः राजमा र हाम्रो मृगौलाको आकृति र रङ्ग हुबहु मृगौलासंग मिल्दछ। यो दलहन बाली मृगौलाको लागि आवश्यक धेरैवटा पोषक तत्वहरूले भरिपूर्ण छ। राजमामा घुलनशील एवं अघुलनशील खाद्यरेशाहरू, कम चिल्लो र पोटासीयम र म्याग्नेसीयम जस्ता खनिज आदि पाईन्छ। रगतमा पोटासीयम र म्याग्नेसीयमको कमी भएमा मृगौलाको पत्थरी हुने सम्भावना उच्च रहन्छ। यसै गरि राजमाको सेवनले मधुमेह नियन्त्रण गर्नमा पनि मद्यत गर्दछ र मधुमेह नियन्त्रीत भए मृगौलाको स्वास्थ्य राम्रो रहन्छ।
७. अमीला फलफूल स्तनको लागि राम्रोः अमिला फलफूलः सुन्तला, कागती, भोगटे, जुनार, मौषमी, शंखेत्रो, भूईकटहर जस्ता अमिलो स्वाद भएका फलफूलहरूलाई सिट्रस फ्रूट्स भनिन्छ। यी फलफूलको भित्री आकृति र महिलाहरूको स्तनको भित्री आकृति पनि मिल्दो जुल्दो नै हुन्छ। यी फलफूलहरूमा प्रशस्त मात्रामा एस्कर्बीक एसीड एवं फोलिक एसिड जस्ता भिटामीन, बीटा क्रिप्टोज्यानथिन र बीटा क्याराटीन जस्ता एण्टिअक्सिडेण्ट र पोटासीयम र म्याग्नेसीयम जस्ता खनिज पदार्थ र क्वीरसेटीन नामक फ्लेभीनाईड पनि पाईन्छ। यी पोषक तत्वहरू स्तन क्यानसरको रोकथाम एवं उपचारका लागि राम्रो मानिएका छन्।
८. अङ्गूर फोक्सोको लागि राम्रोः अंङ्गूरको भूप्पा र हाम्रो फोक्सोको आल्बीयोलाई को आकृति पनि झण्डै झण्डै मिल्दछ। अङ्गूरमा एन्थोकाईन्स नामक शक्तिशाली एण्टिअक्सिडेण्ट पाईन्छ। एन्थोकाईन्सले फोक्सोमा भईरहने संक्रमण घटाउने, कफ बन्न कमगर्ने र फोक्सोको प्यारेन्काइमाहरूलाई अक्सिडेटिभ स्ट्रेसबाट बचाउने गर्दछ।
९. तीते करेला पान्क्रियाजको लागि राम्रोः तीते करेला र पान्क्रियाजको आकृति पनि हुबहु मिन्दछ। यस फललाई मधुमेह नाशक फलको रूपमा विश्वका धेरै परम्परागत औषधि विज्ञानहरूले उपयोग गर्दै आएका छन्। यसको सेवनले पान्क्रियाजको कार्यलाई बढाउने र पान्क्रियाटिक क्यान्सर हुनबाट पनि रोकथाम गर्दछ।
१०. एवोकादो पाठेघरकोलागि राम्रोः एवोकादोको आकृति र पाठेघरको आकृति पनि धेरै हदसम्म मिल्न जान्छ। यसमा पाठेघरको स्वास्थ्यको लागि आवश्यक स्वस्थकर चिल्लो, भिटामिन बी–६ (पाईरिडोक्सीन), पोटासियम जस्ता पोषक तत्व प्रचूरमात्रामा पाईन्छ। यस फलको सेवनले पाठेघरको लुब्रीकेसन राम्रो हुने, हारमोनहरू व्यावस्थित हुने र गर्भधान सजिलै हुने मान्यता रही आएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'बर्डफ्लू' संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन : डब्लुएचओ
बैशाख २८, २०८१ शुक्रबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने
बैशाख २६, २०८१ बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार