Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार
खोज/विशेष

उपत्यकामा निजी सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनकाे तयारी

प्रकाशित मिति :  ६ असार २०७८, आईतवार १६:३८


६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा निजी सवारीसाधनलाई सञ्चालन गर्न दिने तयारी प्रशासनले गरेको छ । उपत्यकामा कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा सोमबार ‘भोलि’ राति १२ बजेदेखि सकिदैछ ।

तर, कोरोना संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले जारी निषेधाज्ञालाई फेरि एक सातादेखि १० दिनसम्म लम्ब्याउने तयारी गरिरहेका छन् । निषेधाज्ञा थपको निर्णय गर्न आइतबार ‘आज’ साँझ ५ बजे प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । उपत्यकामा अझै खुकुलो र व्यवस्थित हुने गरी निषेधाज्ञा थप हुने बताइएको छ ।

स्रोतका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति ‘डीसीसीएमसी’ ले पनि निजी सवारीसाधनलाई चल्न दिनुपर्ने सुझाव दिएका छन् । डीसीसीएमसीले खाद्यान्न पसलहरु पनि ४ बजेसम्म खोल्न सुझाव दिएको छ । अन्य व्यवसायलाई पनि बारअनुसार सञ्चालन गर्न दिनुपर्ने भनिएको छ ।

तर प्रमुख जिल्ला अधिकारी ‘सिडिओ’हरुले गृह मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ‘सीसीएमस’ सँग पनि परामर्श गरेर निर्णय गर्नुपर्ने भएकाले निषेधाज्ञालाई खुकुलो बनाउने मोडालिटीको अन्तिम टुंगो लागिसकेको छैन । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने भन्ने निर्णय भएको छैन ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?