चीनले लगायो एक अर्ब डोज खोप
नेपालबहस संवाददाता
असार ६, २०७८ सोमबार ४:५७:३७
६ असार, बेइजिङ । चीनले शनिबारसम्ममा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको हो।
आयोगका अनुसार पछिल्लो पाँच दिनमा मात्र १० करोड डोजभन्दा बढी खोप लगाइएको छ । गत मार्चको अन्त्यदेखि चीनले व्यापक खोप अभियान सञ्चालन गरेको थियो । पहिलो चरणमा २५ दिनको अवधिमा दश करोडबाट २० करोड डोज खोप लगाइएकोमा पछिल्ला १६ दिनमा ३० करोड डोज खोप दिइएको थियो । तर खोप अभियान अझ तिब्र बनाएसँगै छ दिनको अवधिमा ८० करोडबाट ९० करोड खोप लगाइएको थियो ।
चीनमा गत वर्षदेखि हालसम्म २१ किसिमका खोपहरु क्लिनिकल परीक्षणमा रहेका छन् । त्यसमध्ये चार किसिमका खोपलाई शर्तसहित मार्केटिङको इजाजत दिइएको छ भने तीन किसिमका खोपलाई देशभित्र आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।
चीनमा सञ्चालित खोप अभियानमा १८ वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई समेटिएको छ । तर ३ देखि १७ वर्षको उमेरका बालबालिकालाई पनि खोप दिने योजना अघि बढेको स्वास्थ्य अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका उपप्रमुख जेङ इक्सीनले यसै वर्षको अन्त्यसम्ममा कम्तीमा ७० प्रतिशत लक्षित जनसंख्यालाई खोप दिइसक्ने बताए । उनले खोपका कारण हालसम्म कुनै पनि समस्या नदेखिएको बताउँदै चिनियाँ खोप सुरक्षित रहेको प्रमाणित भइसकेको दाबी गरे । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिमा देखिएका सामान्य लक्षणहरु अन्य नियमित खोपमा झैं सामान्य रहेको पनि उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार