पहिरो बैतडीका अधिकांश ग्रामीण सडक हिलाम्मे
नेपालबहस संवाददाता
असार ७, २०७८ सोमबार २०:२६:४५
७ असार, बैतडी । लगातारको वर्षाका कारण पहिरो जाँदा बैतडीका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । वर्षाका कारण सडकहरुमा पहिरो खस्नुका साथै हिलाम्य भएको हुनाले सवारीसाधन सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ ।
वर्षाकै कारण शिवनाथ गाउँपालिकाका ग्रामीण सडकहरु अवरुद्ध भएको गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिए । उनले भने, “सडक अवरुद्ध हुँदा सवारी सञ्चालनमा बाधा पुगेको छ, वडा कार्यालयहरुसँग जोडिएका सडकहरु पहिरो र हिलाम्मे छन् । ”
वर्षाका कारण जिल्लाको पाटन–पञ्चेश्वर, सतबाँझ–सुर्नया, ढोल्यामोड–सुर्नया, ढोल्यामोड–पुर्चौंडी, देहीमाण्डौं–गिरेगडा, पाटन–सकार–कैलपाल सडक, धर्मघर–सनसेरीमाडौँ सडक, देहीमाडौँ–दुर्गाभवानी सडक, देहीमाडौँ–सुरकाल सडक लगातारको वर्षाका कारण अवरुद्ध भएका हु्न् । यीबाहेक अन्य ग्रामीण सडकहरु पनि अवरुद्ध बनेका छन् ।
स्तरोन्नतिका काम भइरहेको सतबाँझ–सुर्नया सडकमा जम्मा भएको माटो वर्षाले बगाउँदा सवारी आवागमनमा समस्या भएको अस्थायी ट्राफिक पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए । उनले भने, “लगातारको वर्षाले सडक हिलाम्य छन्, कुनैकुनै ठाउँमा पहिरो पनि खसेको छ, गाडी चलाउन मिल्ने अवस्था छैन ।”
कच्ची सडकहरुमा वर्षात्को समयमा पहिरो खस्ने भएकाले प्रत्येक वर्ष अवरुद्ध हुँदै आएका छन् । सञ्चालनमा रहेका कच्ची सडकहरुमा गाडी चलाउन निकै मुस्किल भएको यातायात व्यवसायीहरुले बताएका छन् । वर्षाका कारण सडक हिलाम्मे हुँदा सवारी सञ्चालनमा समस्या भइरहेको जीप चालक नरेन्द्र विष्टले जानकारी दिए । उनले भभने, “कच्ची सडक त्यसैमा लगातारको पानीले गर्दा समस्या भएको छ ।”
खाद्यान्न ढुवानीमा समस्या
केही दिनदेखि लगातार वर्षाले जिल्लाका ग्रामीण कच्ची सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ । यसका साथै बिरामी र आकस्मिक कामका लागि जानुपर्नेहरुलाई समेत कठिनाइ भएको छ ।
सडक अवरुद्ध हुँदा सवारीसाधन चल्न छोड्दा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । डाङ–कलौना जोड्ने सडक अवरुद्ध हुँदा बोकेरै खाद्यान्न ढुवानी गर्नु परेको दोगडाकेदार–३ कलौनाका मनीराम गिरीले बताए ।
ग्रामीण सडकहरुमा गाडी नचल्दा कुनै नागरिक बिरामी भएपनि अस्पतालसम्म लैजानका लागि पक्की सडकसम्म पु¥याउनै मुस्किल हुने गरेको सुर्नया गाउँपालिकाका स्थानीय धनबहादुर विष्टको भनाइ छ । बिना स्टमेट र अनावश्यक रुपमा ग्रामीण क्षेत्रमा डोजरले खनिएका सडकहरुले यहाँका गाउँगाउँमा पहिरोको जोखिम समेत बढाएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
गोरखाको वीरेन्द्र तालमाथि हिमपहिरो खस्दा अचानक बाढी
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार