औद्योगिक ग्राम निर्माणको पहिलो चरणको काम शुरु
नेपालबहस संवाददाता
असार ८, २०७८ मंगलबार २२:१८:१०
८ असार, राँझा । बाँकेको खजुरा गाउँपालिकाले औद्योगिक ग्राम निर्माणको पहिलो चरणको काम शुरु गरेको छ । पहिलो चरणअन्तर्गत जग्गा संरक्षणका लागि रु. ९२ लाखको लागतमा तारबार र सुरक्षा गार्ड बस्ने भवन निर्माणको काम भइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
उनका अनुसार, औद्योगिक ग्रामसम्म १२ मिटर चौडाइ भएको स्तरीय ग्राभेल सडक पनि बनाउन लागिएको छ । औद्योगिक ग्रामको काम अब निरन्तर अगाडि बढ्छ । सरकारले ल्याएको एक गाउँपालिका एक औद्योगिक ग्रामको अवधारणा अनुरुप सो परियोजना अगाडि बढाइएको हो ।
खजुरा गाउँपालिका—६ उढरापुर पुरैनीस्थित २१ विगहा सरकारी जग्गामा औद्योगिक ग्राम निर्माण कार्य अघि बढाइएको छ । गाउँपालिकाले गौरवको योजनाका रुपमा लिएर औद्योगिक ग्राम निर्माणलाई प्राथमिकता दिएको गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले बताए ।
उद्योग तथा बाणिज्य मन्त्रालयले आर्थिक वर्ष २०७६÷०७७ मा एक गाउँपालिका एक औद्योगिक ग्राम स्थापनाका लागि मुलुकभरबाट ३२ पालिका छनोट हुँदा पहिलो चरणका ६ वटा गाउँपालिकामा खजुरा पर्न सफल भएको हो । औद्योगिक ग्राम स्थापनाका लागि मुलुकभर २६ नगरपालिका र ६ गाउँपालिका छनोट भएको थियो । बाँकेमा खजुरा गाउँपालिका मात्र औद्योगिक ग्राम निर्माण लागि छनोटमा परेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण
बैशाख १४, २०८१ शुक्रबार
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
बैशाख १४, २०८१ शुक्रबार
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
उदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण
बैशाख १४, २०८१ शुक्रबार
भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार
बैशाख १४, २०८१ शुक्रबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख १४, २०८१ शुक्रबार
छैटौँ सातामा ‘महाजात्रा’ : ५१ औँ दिनतर्फ लम्किँदै
बैशाख १४, २०८१ शुक्रबार
‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत
बैशाख १४, २०८१ शुक्रबार