विपन्न ६५ घरपरिवारलाई प्रतिघर एक बोरा चामल
नेपालबहस संवाददाता
असार ८, २०७८ बुधबार १:११:१०
८ असार, धादिङ । खाद्यान्न संकट भोगिरहेको दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ वडा नम्बर २ का लाइपुर, बाँसखोला, काफलटार, खर्च, पाञ्चलिङ, भल्टार, थरीगाउँलगायत स्थानमा आज खाद्यान्न सहयोग उपलब्ध गराइएको छ ।
विपन्न ६५ घरपरिवारलाई प्रतिघर एक बोरा चामल दाल, तेल, नुन, चिनी, साबुन सहयोग उपलब्ध गराइएको हो । खानेकुरा सकिएर टाँकीको मुण्टा र गिट्ठा खाएर जीवनसङ्ग संघर्ष गरिरहेका अवस्थामा खाद्यान्न वितरण गर्न सहयोगी महिला जागरण मञ्चको टोली गाउँमै पुगेर सहयोग उपलब्ध गराएको छ । बीस सहयोगीबाट संकलित रकमले खाद्यान्न लिएर गाउँ पुगेको जागरण मञ्चका अध्यक्ष राधा श्रेष्ठले बताए ।
जागरण मञ्चको टोलीसँगै लायन्स क्लब अफ काठमाडौंले पनि खाद्यान्नसहित लत्ताकपडा सहयोग पु¥याएको छ । विभिन्न दाताबाट प्राप्त लत्ताकपडा विपन्न परिवारका सदस्यलाई उपलब्ध गराइएको क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताए ।
खाद्यान्न पाएपछि चेपाङ, तामाङ र मगर समुदायका विपन्न परिवार खुशी भएका छन् । प्रायः खानेकुराको अभाव हुने सो क्षेत्रमा अनिकाल परेका अवस्थामा मानिस भोकभोकै बसिरहेको समाचार जेठ २२ गते राससमा प्रकाशन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली युवकको मलेसियामा मृत्यु
बैशाख ३१, २०८१ सोमबार
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार
स्वास्थ्य क्षेत्रका सहयोगदाता निक साइमन्सका पिताको निधन
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार