नमोबुद्धका कृषकलाई अनुदानमा मौरीसहितको घार वितरण
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार २०:४:१८
९ असार, बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नगरभित्रका कृषकलाई अनुदानमा मौरीघार वितरण गरेको छ । मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको हो ।
कृषकलाई एकदिने मौरीपालनसम्बन्धी तालिमसहित मङ्गलबार मौरीघार वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख रेशम दाहालले बताए । चालु आर्थिक वर्षको कार्यक्रमअनुसार मौरीपालन गर्ने कृषकमध्ये छनोटमा परेका कृषकलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र वडा नं १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले ५६ वटा मौरीसहितको घार हस्तान्तरण गरेको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरका कृषकलाई आत्मनिर्भर बनाउने अभियानअन्तर्गत मौरीको घार वितरण गरिएको बताए। आगामी वर्ष पनि सो कार्यलाई निरन्तरता दिने उनले बताए । उनले यसै वर्षदेखि अनुदानमा भैँसी तथा बाख्रा वितरण अभियानको शुरुआत गरिसकेको र त्यसको प्रभावकारिता हेरेर आगामी वर्ष थप बजेटको व्यवस्थासहित कार्यक्रम अघि बढाउने बताए ।
कार्यक्रममा वडा नं १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले नगरका ९० प्रतिशत जनता कृषिमा निर्भर रहेकाले नमोबुद्ध नगरलाई अग्र्यानिक कृषिको केन्द्र बनाउने उद्देश्य रहेको उल्लेख गर्नुहुँदै त्यसमा कृषकको साथ र सहयोग आवश्यक रहेको बताए। कृषिमा नै आत्मनिर्भर बनाउने अभियानअन्तर्गत मौरीको घार वितरण थालिएको उनको भनाइ छ ।
कृषक रामप्रसाद घिमरेले नगरपालिकाले मौरीको घारसहित तालिमसमेत दिएर व्यवस्थित एवं व्यावसायिकरूपमा मौरीपालन अघि बढाउन हौसला मिलेको बताउनुभयो । नगरपालिकाले मौरीपालनका लागि पकेट क्षेत्र नै बनाएर अन्य पालिका र जिल्लामा मौरी र मौरीघार निर्यात गर्ने योजना बनाएको छ । त्यसरी वितरण गरेको कृषकले पालन गरेको मौरीबाट उत्पादन भएको महको बजारीकरणको व्यवस्था नगरपालिकाले नै गर्ने योजना तय भएको जनाएको छ ।
नमोबुद्ध नगरपालिकाले यसअघि विभिन्न वडाका कृषकका लागि ८० प्रतिशत अनुदानमा १५५ वडा भैँसीको पाडी वितरण गरिसकेको । चालु आवमा नै बाख्रा वितरण गर्ने तयारीमा नगरपालिका रहेको छ । त्यससँगै किसानलाई कृषि शाखामार्फत ७५ प्रतिशत अनुदानमा भुसा काट्ने मेसिन (च्यापकटर), ५० प्रतिशत अनुदानमा मिनीटिलर, इलेक्ट्रिक पम्प र फलफूलको बिरुवा वितरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने
बैशाख ३०, २०८१ आइतबार
महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम
बैशाख २९, २०८१ शनिबार
खाद्य सामग्री र पशुजन्य औषधि एकै ठाउँबाट बिक्री गर्नेलाई कारबाही
बैशाख २८, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार