एघार महिनामा एक खर्ब २१ अर्ब बराबरको निर्यात, आयात कति ?
नेपालबहस संवाददाता
असार १०, २०७८ शुक्रबार ३:२९:५५
१० असार , काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो समय आयात सगैँ निर्यातमा बृद्धि हुन थालेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को एघार महिनाको ‘साउदेखि जेठसम्म’ तथ्याङ्कअनुसार यस अवधिमा रु एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा रु ८८ अर्ब ३१ लाख बराबरको वस्तु निर्यात भएको थियो ।
यसैगरी एघार महिनामा रु १३ अर्ब ८३ अर्ब ३६ करोड ४९ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अबधिको तुलनामा २५ दशमलव ६७ प्रतिशतले आयातमा बृद्धि भएको छ । गत आवमा सोही अबधिमा रु एघार खर्ब ८१ करोड ३४ लाख बराबरको वस्तु तथा सेवा आयात भएको थियो । जेठमा मात्रै रु एक खर्ब २९ अर्ब २५ करोड ४७ लाख रुपैयाँको आयात हुँदा रु १२ अर्ब ७७ करोड ४२ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।
तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटा २४ दशमलव ६१ प्रतिशतले बृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार एघार महिनामा रु १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख बराबरको वैदेशिक व्यापार घाटा भएको छ । आयातको तुलनामा निर्यातमा कमी आउँदा व्यापार घाटामा कमी आएको हो । गत वर्षको सोही अवधिमा नेपालले रु दश खर्ब १२ अर्ब ८१ करोड ३ लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २४.६१ प्रतिशतले व्यापार घाटा भएको हो ।
वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव ९४ र निर्यातको हिस्सा ८ दशमलव ०६ प्रतिशत रहेको छ । आयातको हिस्सा मात्र ०.७१९ प्रतिशतले घटेको छ । चालु आवको सो अधिमा कूल वैदेशिक व्यापारमा बृद्धि भएको छ । एघार महिनाको अबधिमा रु पन्ध्र खर्ब ४ अर्ब ६१ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत आवको तुलनामा सोही अवधिमा रु एघार खर्ब ८८ अर्ब ८१ करोड ६५ लाख बराबरको व्यापार भएको थियो । गत वर्षको तुलनामा यस वर्ष २६.५६ प्रतिशतले व्यापारमा बृद्धि भएको छ ।
सो अवधिमा नेपालमा सबैभन्दा बढी डिजेल, आइरन प्रोडक्ट ‘स्टिल’, भटमासको तेल, मोबाइल फोन, ग्यास, पेट्रोल आयात भएको छ । यस्तै, भटमासको तेल, अलैंची, कार्पेट, चिया, जुटबाट बनेको कार्पेटलगायत वस्तु सबैभन्दा धेरै नेपालबाट निर्यात भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
कस्तो छ आजको मौसम ?
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै,
जेठ २, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २, २०८१ बुधबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार