परिस्थितिअनुसार सुरक्षामा विशेष ध्यान दिन आईजीपीको निर्देशन
नेपालबहस संवाददाता
असार १०, २०७८ शुक्रबार ३:३८:२७
१० असार, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्ने विषयमा अन्तरजिल्ला सुरक्षा समन्वयमा विशेष ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
हालै सरुवा भएका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई आज निर्देशन दिँदै उनले परिस्थितिअनुसार पूर्ण व्यावसायिक रुपमा काम गर्न पनि आग्रह गरे ।
प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उनले जिल्ला कमान्डरको आधारभूत भूमिका वहन गरी समग्र सुरक्षाको अनुभूति गराई सौहार्दपूर्ण वातावरण बनाउन विशेष चनाखो भई परिचालित हुन सुझाव दिए ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मनसुनजन्य विपद्, कोभिड–१९ को संक्रमण जस्तो विषम परिस्थितिमा विपद् व्यवस्थापन तथा कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा आआफ्ना तर्फबाट सक्रियतापूर्वक योगदान पु¥याउनका लागि आवश्यक सुरक्षा योजनाका साथ लाग्न निर्देशन दिए ।
आर्थिक अनियमितताविरुद्ध खरो रुपमा प्रस्तुत भई प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि प्रहरी नेतृत्वलाई व्यवहार, सुविधा, ड्युटी, बिदा र कार्यसम्पादन मूल्यांकन न्यायोचित रुपमा गर्न पनि उनले सुझाव दिएका छन् ।
उनले सीमा अपराध नियन्त्रण तथा आपराधिक गतिविधि निस्तेज पार्नका लागि सम्बन्धित निकायसँग आपसी समन्वय बढाउन पनि आग्रह गरे । प्रहरी प्रधान कार्यालयले यही असार ८ गते ५२ प्रहरी उपरीक्षक र ५७ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार