२० श्रावण २०७८, बुधबार

केन्द्रीय बैंकले २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

प्रकाशित मिति :  १४ असार २०७८, सोमबार १६:३५


१४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको हो ।

राष्ट्र बैंकले ९१ दिनको अवधिको लागि २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ असोज १२ गते परिपक्व हुनेछ ।

त्यसैगरी राष्ट्र बैंकले १८२ दिनको अवधिको लागि १० अर्ब बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको हो ।

उक्त ट्रेजरी बिल २०७८ पुस १३ गते परिपक्व हुनेछ । राष्ट्र बैंकका अनुसार यस ट्रेजरी बिल सोमवार दिउँसो ३ बजे बोलकबोल भएर मंगलवारदेखि विक्री हुनेछ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?