Nb Grihani bachat khata
१६ श्रावण २०७८, शनिबार
आजै साँझ वार्ता हुँदै
राजनीति

एमाले कार्यदलका दुई गुटका दुई छलफल

प्रकाशित मिति :  २४ असार २०७८, बिहीबार १४:४८


२४ असार, काठमाडौं । नेकपा एमाले भित्रको विवाद अन्त्य गर्न भनी लगातार बसिरहेको कार्यदल बैठकले ठोस खाका तयार गर्न सकेन । आज बिहान सिंहदरबारमा बसेको बैठकले अन्तिम खाका सार्वजनिक गर्ने भनेपनि प्रधानमन्त्री केपी ओली पक्षका वार्ताकारले केही समय माग गरेकाले स्थगित भएको छ ।

आजै साँझ ७ बजे अर्काे चरणको वार्ता हुँदैछ । त्यस अगाडि थप गृहकार्य आवश्यक भनी ओली पक्ष बालुवाटारतिर लागेको छ । नेता माधवकुमार नेपाल पक्षले राखेको पावर शेयरिङ नै मुख्य मुद्धा बनेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली एक व्यक्ति एक पदको नीतिमा सहमत भए मात्र एकता प्रकृयाले गति लिने बताइएको छ ।

हिजो साँझ पनि ओली र नेपालबीच यही मुद्धामा कुरा नमिल्दा त्यसै उठेका थिए । त्यसैले ओलीको सहमति लिएर खाकाको अन्तिम स्वरुप तयार गर्न लागिएको हो । बिहानको बैठकमा ओली पक्षका सबै नेताहरु सकारात्मक रहेकाले अब समस्या लगभग समाप्त भएको बुझ्न सकिन्छ भन्दै नेपाल पक्षका वार्ताकार गोकर्ण विष्टले आजै राति सहमतिपत्रमा हस्ताक्षर हुन सक्ने जानकारी दिए ।

नेपाल पक्षका नेताहरु अहिले सिंहदरबार भित्र अर्थमन्त्रालयको वैठक कक्षमा छप छलफल गरिरहेका छन् । उनीहरु ओली तर्फका वार्ताकारको प्रतीक्षामा छन् । नेपाल पक्षको सर्त यसअघि नै नेता भीम रावलले प्रस्तुत गरिसकेका छन् । बिहान ९ बजे रावल र अर्थमन्त्रीसमेत रहेका ओली पक्षका वार्ताकार विष्णु पौडेलसँग यसै विषयमा २ घण्टा छलफल गरेका थिए ।

उक्त छलफलमा पौडेलले सबै विषयमा सहमति हुने बताएका थिए । सोही बमोजिम नेता रावल नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । त्यहाँ पौडेलसँग भएको छलफल र आफ्ना मागबारे ओली पक्षबाट सहमति जनाइने प्रतिवद्धता प्राप्त भएको जानकारी गराएका थिए ।

त्यसपछि बसेको कार्यदल बैठकमा भने ओली पक्षका नेता विष्णु रिमालले एकपटक ओलीसँग बसेर छलफल गरेपछि मात्रै फाइनल गरौं भन्ने प्रस्ताव राखेकाले अहिले उनीहरु बालुवाटार गएका छन् । साँझसम्म ओलीको सहमति जुटाएर अन्तिम खाका तयार गर्ने उनीहरुको योजना रहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?