शौचालय निर्माणकालागि महालक्ष्मी विकास बैंकको सहयोग
नेपालबहस संवाददाता
असार ३०, २०७८ बुधबार २२:३१:४३
३० असार, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले महिला मैत्री शौचालय निर्माणका लागि एक लाख ७५ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ ।
बैंकका विभिन्न शाखाहरुबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा न. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालय निर्माणका लागि सहयोग गरेको जनाएको छ ।
आज रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा रोटरी डिस्ट्रिक ३२९२ रिजन २१ का एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ताको प्रमुख आतिथ्यतामा बेलहिया माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमका बीच बैंकको भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यलाई एक लाख पचहत्तर हजार रकमको चेक हस्तान्तरण गरेका थिए । उल्लेखित कार्यक्रम रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यको अध्यक्षता तथा सचिव साजन जंग राणाको संचालनमा सम्पन्न भएको थियो ।
बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कनेक्ट आइपीएस, क्युआर कोड लगायतका विद्युतीय बैंकिङ्ग सेवाप्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बँच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको बैंकका प्रवक्त दिपेश लम्सालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई बञ्जी जम्पमा १५ सयसम्म छुट
बैशाख ४, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार