Nb Grihani bachat khata
१६ श्रावण २०७८, शनिबार
नेपाली दूतावास माैन !

रोजगारबिहिन २४ जना नेपाली साउदी अरवमा अलपत्र

प्रकाशित मिति :  ३१ असार २०७८, बिहीबार १२:५५


३१ असार, काठमाडौं । साउदी अरवमा २४ जना नेपाली कामदार अलपत्र परेका छन् । साउदीको टोपाज गल्फ नामक कम्पनीले तलब नदिई कामबाट निकालेपछि नेपाली अलपत्र परेका हुन् ।

कम्पनीले झण्डै ७ महिनाभन्दा बढी वेतलवी बिदा दिएर राखेपछि कामदारले अदालतमा मुद्धा दायर गरेका थिए । मुद्धाको फैसला कामदारहरुको पक्षमा आए पनि उनीहरुले पैसा र एक्जिट भिसा नपाएको बताएका छन् ।

कम्पनीले कामबाट निकालेपछि रोजगारबिहिन भएका २४ नेपाली अहिले साउदीस्थित जुबेलमा रहेका छन् । उनीहरुले साउदीस्थित नेपाली दूतावासलाई पटक-पटक फोन गरेर जानकारी गराए पनि वास्ता गरिएको छैन ।

करिव दुई महिनादेखि एउटा कोठामा दिन काट्न बाध्य भएको उनले बताएका छन् । नेपाल फर्कन पैसा नभएको, कम्पनीले पैसा नदिएको र साउदीस्थित नेपाली दुतावासले पनि वेवास्ता गरेको नेपाली यूवाको गुनासो छ ।

साउदीमा २४ नेपाली अलपत्रको सुची यसप्रकार छ :


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?