२० श्रावण २०७८, बुधबार
आदेशको पर्खाइ
वाणिज्य बैंक

अदालतको आदेश कुर्दै बैंकर्स संघ

प्रकाशित मिति :  १ श्रावण २०७८, शुक्रबार १९:१४


१, साउन, काठमाडौं । नेपाल बैंकर्स संघले सामाजिक सुरक्षा कोषमा दर्ता हुन जाने विषयमा अदालतको निर्णयलाई कुर्ने भएको छ । संघको लिगल कमिटीको बैठकले अदालतमा विचाराधीन रहेको मुद्दा हेर्ने मिति सरेको भन्दै अर्को आदेश नआउँदासम्म कोषमा दर्ता हुन नजाने निर्णय गरेको हो ।

सामाजिक सुरक्षा कोष विरुद्द बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा बिहिबार न्यायधीश तेज बहादुर केसी र शुष्मालता माथेमाको संयुक्त इजलाशमा पेशी तोकिएपनि समय अभावका कारण रिट हेर्न नभ्याईने भन्दै साउन ५ गतेको लागि अर्को मिति तोकिएको छ ।

यसअघि कारण देखाउ आदेश दिएको मुद्दा विचाराधीन अवस्था रहेको बेला कोषमा दर्ता हुन जानु उपयुक्त नहुने निष्कर्ष निकाल्दै कमिटिको बैठकले अर्को आदेशलाई कुर्ने निर्णय गरेको हो ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारी युनियनका अध्यक्षहरु र कर्मचारीहरु समेत गरि ६५ जनाले संयुक्त रुपमा रिट दायर गरेका थिए ।कर्मचारीहरुले आफ्नो माग सम्बोधन नभएकाले कोष बिरुद्द अदालत गएका हुन् ।

रिटमा सामाजिक सुरक्षा कोषले बैंकर्स संघलाई लेखेको पत्र, कोषमा आउनको लागि बाध्य पार्ने गरि कोषले जारि गरेको सूचना, बदर गर्नको लागि आदेश दिन माग गरिएको छ ।

बैंक, बित्त तथा बीमा कम्पनीका २९ संस्थाले राखेको १५ बुँदे मागका बारेमा सरकारबाट सकारात्मक जवाफ नआएपछि बैंकिङ क्षेत्रबाट आन्दोलन सुरु भएको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?