हेलम्बुका बाढीपीडितलाई जस्तापाता सहयोग
नेपालबहस संवाददाता
साउन ४, २०७८ सोमबार १६:५१:२
४ साउन, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका बाढी प्रभावितलाई ८० बण्डल जस्ता सहयोग गरिएको छ । गत असार १ गते आएको मेलम्ची खोलाको बाढीबाट प्रभावित १६ घरधुरीलाई पाँच बण्डलका दरले अस्थायी बसोबासका लागि उक्त जस्ता पालिकालाई हस्तान्तरण गरिएको हो ।
गाउँपालिकाको समन्वयमा टियर फण्ड नेपालको सहयोग र दयाका हात नेपालको साझेदारीमा उक्त सामग्री प्रदान गरिएको हो । आइतबार संस्थाका कार्यक्रम व्यवस्थापक लोकबहादुर चौधरी र प्रशासन तथा वित्तीय व्यवस्थापक अरुण देवानले उक्त सामग्री गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देललाई हस्तान्तरण गरेको हो । जस्तापाता प्रभावित घरधुरीलाई अस्थायी बसोबासका लागि तत्कालै वितरण गरिने सिग्देलले बताए ।
संस्थाले पालिकालाई पहिलो चरणको कोरोनादेखि हालसम्म खाद्यान्न, स्वास्थ्य सामग्री, रोजगारी सिर्जना, जस्तापाता गरेर रु २७ लाख ५० हजार सहयोग गरेको अनुगमन तथा मूल्याङ्कन अधिकृत अरुण सेञ्चुरीले जानकारी दिए । संस्थाले पालिकासँगको समन्वयमा लैङ्गिक तथा परिवार सबलीकरण परियोजनामार्फत वडा नं ३ र ७ का १३० घरधुरीलाई आर्थिक सशक्तीकरण र पालिकाभर लैङ्गिक हिंसाविरुद्ध जनचेतना र सहजीकरणको काम गरिरहेको छ ।
याङ्ग्रीका घरपरिवारलाई स्वच्छता सामग्री वितरण
सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ याङ्ग्रीका ९० घरपरिवारलाई स्वच्छता सामग्री वितरण गरको छ । असार १ मा याङ्ग्री र लार्के खोलामा आएको बाढीबाट प्रभावित परिवारलाई आइतबार स्वच्छतासम्बन्धी सामग्री वितरण गरिएको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिकासँगको सहकार्यमा उक्त समुदायमा विपद्को समयमा स्वास्थ्यसम्बन्धी कुरालाई ध्यानमा राख्न अभिमुखीकरणसहित सामग्री हस्तान्तरण गरिएको संस्थाका कार्यक्रम संयोजक कुमार थापाले जानकारी दिए । समुदायमा धेरै खाद्यान्न उपलब्ध भएको तर महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर प्रदान गरिएको यो पहिलो सामग्री भएको स्थानीयवासी फूलमती तामाङले बताए ।
विपद्को समयमा महिला तथा किशोरीका लागि यो धेरै उपयोगी हुने उहाँको भनाइ छ । स्टार्ट फण्डको सहयोग, केयर नेपाल, पिपुल इन निड र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा बाढी पहिरो विपद् प्रतिकार्य कार्यक्रमअन्तर्गत उक्त समुदायलाई स्वच्छतासम्बन्धी मञ्जन, साबुन, मास्क, सेनिटरी प्याड, तौलिया, स्यानिटाइजर, काइँयोलगायत सामग्री उपलब्ध गराइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआउँदो असार मसान्तभित्र पाँचखालवासीले स्वच्छ पानी पिउन पाउने
बैशाख २४, २०८१ सोमबार
औँसा कीरा व्यवस्थापनका लागि जुनारमा प्रोटिन–वेट छिट्न सुरु
बैशाख २४, २०८१ सोमबार
दही र मोहीलाई प्रोत्साहन गर्न इच्छाकामनामा ‘कोल्डड्रिङ्स’ निषेध
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
राजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार