२० श्रावण २०७८, बुधबार

राजविराज कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी

प्रकाशित मिति :  ४ श्रावण २०७८, सोमबार १५:०३


४ साउन, राजविराज । सप्तरीस्थित राजविराज कारागारमा क्षमता भन्दा तीन गुणा कैदीबन्दी रहेका छन् । एक सय २५ जना क्षमता भएको उक्त कारागारमा हाल १४ महिलासहित ३६८ कैदीबन्दी रहेको जेलर सुमन कोइरालाले बताउनुभयो ।

राणाकालमै निर्माण गरिएको मुलुककै पुरानोमध्येको उक्त कारागार हो । कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भरिएपछि कारागारलाई व्यवस्थापन गर्नसमेत कठिनाइ भइरहेको जनाइएको छ । कारागार भवन पुरानो र अति जीर्ण हुनाका साथै क्षमता भन्दा धेरै कैदीबन्दी राख्नु पर्दा व्यवस्थापनमा पनि समस्या भइरहेको जेलर कोइरालाको भनाइ छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?