२० श्रावण २०७८, बुधबार
बिदाई

हाम्रो पात्रोबाट देवकोटाको बिदाई

प्रकाशित मिति :  ४ श्रावण २०७८, सोमबार १७:२३


४ साउन, काठमाडौं । स्थापनाकालदेखि नै हाम्रो पात्रोको प्रबन्धनिर्देशक रहेका सन्तोषकुमार देवकोटाले व्यवस्थापकीय जिम्मेवारीबाट बिदा लिएका छन् ।

काठमाडौंको म्यारियट होटलमा आज आयोजित एक कार्यक्रममा हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले प्रबन्धनिर्देशक देवकोटालाई बिदाई गरेका हुन् ।

सो अवसरमा संस्थापक उप्रेतीले ८ वर्ष लामो सहकार्यका लागि देवकोटालाई धन्यवाद दिँदै उहाँको योगदान संस्थाले भविष्यमा पनि सम्झिरहने भएकाले नयाँ यात्राका लागि शुभकामना दिएका छन् ।

बिदाई कार्यक्रममा देवकोटाले आफुले नयाँ यात्रा शुरुवात गर्न लागेको जानकारी गराउँदै हाम्रो पात्रोको सफलताको कामना गरे । देवकोटाले हाम्रो पात्रोमा आफ्नो समय अविश्मरणीय रहेको जानकारी गराउँदै आफूले नयाँ अध्याय प्रारम्भ गर्न लागेको र सबैबाट सद्भाव र सहयोगको अपेक्षा गरेको जानकारी गराएका थिए।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?