११ कार्तिक २०७८, बिहीबार
सहकारी

सिम्रिक सहकारीले ग¥यो ऋण मिनाहा

प्रकाशित मिति :  ५ श्रावण २०७८, मंगलवार १७:३६


५ साउन, झापा । झापामा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले ऋण मिनाहा गरेको छ । जिल्लाको विर्तामोड रहेको सिम्रिकले झापा, इलाम र मोरङ्ग जिल्लामा गरेर हाल सम्म ३० वटा सेवाकेन्द्रहरु संचालनमा ल्याईरहेको छ ।

यसै अन्तर्गतको सेवाकेन्द्र पाडाजुँगीकी शेयर सदस्य इख मायाँ खवासको २०७८ असार २९ गते मंगलबारका दिन भएको असामयिक निधनको खबरले समस्त सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.अत्यन्तै मर्माहत भएको भन्दै उनि एक शेयर सदस्य मात्र नभई सिम्रिक साकोस परिवारकै एक असल सदस्य भएको र आफ्नो परिवारको एक असल सदस्य गुमाएको भन्दै सम्पूर्ण सिम्रिक परिवार मर्माहत र स्तब्ध भएको कुरा सेवाकेन्द्र पाडाजुँगी प्रमुख वेद प्रसाद आचार्यले बताए ।

स्व. ईखमायाँ खवासको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्दै प्रार्थना साथ समवेदना समेत ब्यक्त गर्न सिम्रिक साकोसका कार्य समिति सदस्य नविन योगी सहित पूर्बेली सेवोकन्द्र दमक, गौरव सेवाकेन्द्र दमक र दमक सेवाकेन्द्रका शेवा केन्द्र प्रमूखहरु र कर्मचारीहरुसहितको उपस्थितिमा निज शेयर सदस्यकै घरमा गएर श्रद्धाञ्जली अर्पण गर्नुका शोकमा रहेका परिवाजनमा हार्दिक समबेदना अर्पण गरिएको संस्थाका आई।टि।बिभाग प्रमूख याम बहादुर बिष्टले बताए ।

उक्त श्रद्धाञ्जली कार्यक्रममा स्व। खवासले संस्थाबाट लिएको ऋण रु। २,७०,०००।– मध्ये तिर्न बाँकी साँवा र ब्याज रकम जम्मा रु। २,५५,९८६।– ‘ दुईलाख पचपन्न हजार नौसय छयासी मात्र’  संस्थाले मिनाहा गरेको पत्र परिवारको सदस्यलाई संस्थाका संचालक समिति सदस्य नबिन योगी, आई।टी। विभाग प्रमुख याम बहादुर बिष्ट, सेवाकेन्द्र प्रमुखहरु र कर्मचारीहरुको उपस्थितिमा बुझाईएको छ ।

उक्त शोक सभामा बोल्दै संस्थाका संचालक समिति सदस्य नबिन योगीले संस्थाले सदस्यको मृत्यू पश्चात् सदस्यको नाममा बाँकी रहेको ऋणलाई नियमानुसार मिनाह गर्दै परिवारको सदस्यलाई ऋणको बोझ नलगाउने कार्यलाई निरन्तरता दिदै आईरहेको कुरा समेत बताएका थिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा