२० श्रावण २०७८, बुधबार
अस्पताल
वाणिज्य बैंक

कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई प्रभु बैंककाे आर्थिक सहयोग

प्रकाशित मिति :  ५ श्रावण २०७८, मंगलवार १९:१९


५ साउन, काठमाडौं । प्रभु बैंक र कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटलबीच आर्थिक सहयोग उपलब्ध गराउने सम्झौता भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको सो हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको हाे ।

बैंकको केन्द्रिय कार्यालयमा आज आयोजित कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठका बीच बैंकले आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

बैंकबाट उपलब्ध गराईएको आर्थिक सहयोगमा कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामाग्रीहरु खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाई भोगिरहेका आर्थिक रुपमा विपन्न विरामीहरुको निःशुल्क उपचार गर्ने अस्पतालले जनाएको छ।

अस्पतालमा उपचारका लागि आउने विरामीहरुले अत्याधुनिक स्वास्थ्य सामाग्रीहरुको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् भन्ने बैंकले विश्वास लिएको छ । साथै, बैंकले समाज उपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने बताएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?