ओली र नेपालबीच भेट गराउन रावल सक्रिय
नेपालबहस संवाददाता
साउन ८, २०७८ शुक्रबार १८:३२:५५
८ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्रको अन्तद्र्वन्द्व अन्त्य गर्न दोस्रो तहका नेताहरुको सक्रियता बढेपनि ठोस प्रगति भने भएको छैन ।
पार्टी भित्रको संरचना र शक्तिको आँकलन गरेका पार्टी अध्यक्ष केपी ओली हिजो अचानक यू टर्न भएपनि असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल भने आश्वस्त हुन सकिरहेका छैनन् । त्यसैले हिजो साँझका लागि दुई नेताबीच वार्ता गराउने दोस्रो तहका नेताको प्रयास सफल हुन सकेन ।
हिजोको केन्द्रीय कमिटी बैठकपछि ओली र नेपालबीच वार्ता गराउन भीम रावल, सुभाषचन्द्र नेम्बाङ लगायत नेताहरु सक्रिय थिए । तर ओलीले दिएको एउटा अभिव्यक्तिले फेरि भाँडिएको हो । हिजो ओलीले पुष्पलाल स्मृति दिवसमा आयोजित एक कार्यक्रममा नेता नेपाललगायत ३३ जना नेतालाई अपराध गरेपनि क्षमादान गरें भन्ने वाक्यले सबै भताभुंग भएको बुझिएको छ ।
एमाले सचिव भीम आचार्यका अनुसार, ओलीले अरुलाई अपराधी जस्तो हुन् भन्ने आसयले यस्ता शव्दावलि प्रयोग गरेकाले दुई नेताबीचको वार्ता भाँडिएको हो । पार्टी अध्यक्ष ओलीले पनि अक्षम्य अपराध गरेकाले अरुले पनि क्षमादान दिनुपर्ने अवस्था आउन सक्ने उनले बताए ।
हिजोको वार्ता भाँडिएपनि आज भने हुन सक्ने उनले जानकारी दिए । ओली वार्ताका लागि तयार रहेपनि नेता नेपाल भने अझै द्विविधामा रहेका छन् । यस्तै अर्का नेता नेम्बाङ पनि आज दुई नेताबीच निर्णायक वार्ता हुन सक्ने बताउँछन् । अब सबैले गुमाउने जति गुमाइसकेकाले नयाँ प्राप्तिका लागि मात्रै भएपनि मिल्नुको विकल्प नरहेको उनले बताए ।
देशै भरिका पार्टी नेता कार्यकर्ताको भावना विपरित ओली र नेपाल जान नसक्ने भन्दै उनले अब एकताको विकल्प नरहेको बताए । आज साँझसम्म नेताहरुले अवश्य पनि भेटघाट गर्नु हुने छ – उनले भने । नेताद्वय नमिलेसम्म पार्टी एकताले सार्थकता नपाउने भएकाले विकल्प छैन – नेम्बाङले भने ।
आजका लागि भेट वार्ता गराउन भीम रावल बढी सकृय छन् । बिहानै बालकोट पुगेर उनले ओलीसँग छलफल गरे । लगत्तै उनी कोटेश्वरस्थित नेपाल निवास गएका थिए । ओली तत्काल वार्ताका लागि तयार छन् । तर नेपाल भने अझै द्विविधामै रहेका छन् । आज रावलसँगको भेटमा पनि नेपालले प्रष्ट रुपमा आफ्ना धारणा राखेका छैनन् । यद्यपि उनले भेट गर्ने प्रस्तावलाई भने अस्वीकार गरेनन् ।
ओलीले बालुवाटार छाडेर बालकोटस्थित आफ्नो निवासको वार्दलीबाट नेता नेपाललाई गद्धार घोषित गरेपछि उनको मन अझै कुँढिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार