आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा बढी राजस्व
नेपालबहस संवाददाता
साउन ९, २०७८ शनिबार १७:४८:१८
९ साउन, बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले गत आर्थिक वर्ष २०७७/७८ मा रु पाँच अर्ब ५२ करोड ८२ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ ।
सो कार्यालयले अघिल्लो आव २०७६/७७ को तुलनामा गत आवमा बढी राजस्व सङ्कलनसमेत गरेको बताइएको छ । आव २०७६/७७ मा रु चार अर्ब ७८ करोड ७३ लाख ४० हजार राजस्व सङ्कलन भएको थियो ।
कार्यालयले लक्ष्यको तुलनामा बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख शालिकराम आर्चायले जानकारी दिए । कार्यालयले गत आव २०७७/७८ मा रु पाँच अर्ब ३९ करोड ९४ लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा त्योभन्दा बढी रु पाँच अर्ब ५२ करोड ८२ लाख ४८ राजस्व सङ्कलन भएको उनले बताए। कोरोना प्रभावले सबै क्षेत्र समस्यामा हुँदा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएकोले कार्य सन्तोषजनक रहेको प्रमुख आचार्यले बताए ।
आव २०७७/७८ को साउनदेखि असार मसान्तसम्ममा आयकरतर्फ रु ९५ करोड ९१ लाख ३८ हजार लक्ष्य रहेकोमा रु एक अर्ब नौ करोड ५२ लाख ८३ हजार, बहाल करतर्फ रु तीन करोड १९ लाख ६३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु दुई करोड ६१ लाख १८ हजार तथा ब्याजकरतर्फ रु दुई करोड ६१ लाख १८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु चार करोड सात हजार सङ्कलन भएको थियो ।
मूल्य अभिवृद्धिकरतर्फ रु ९१ करोड ५४ लाख ७९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु एक अर्ब ३२ करोड ३० लाख ७५ हजार सङ्कलन भएको बताइएको छ । यसैगरी अन्तः शुल्कतर्फ रु तीन अर्ब १४ करोड ५४ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु दुई अर्ब ८६ करोड ९० लाख २१ हजार सङ्कलन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार