निर्मला प्रकरणका तीन वर्षः अपराधी पत्ता लाग्ने कहिले ?
नेपालबहस संवाददाता
साउन १०, २०७८ आइतबार २२:४०:५८
१० साउन, महेन्द्रनगर । भीमदत्त नगरपालिका–२ का १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका तीन वर्ष बितिसकेको छ । साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्पर्कबिहीन भएकी उनीको बलात्कारपछि हत्या गरिएका अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।
‘निर्मला हत्या प्रकरणमा न्याय पाऔँ’ भन्दै निर्मलाका बुबा, स्थानीयवासी र अधिकारकर्मीले आज दिउँसो महेन्द्रनगर बजारमा ¥याली निकालेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उक्त प्रकरणको सघन रुपमा अनुसन्धान भइरहेको जनाएको छ ।
घटनापछि तीन वर्षदेखि निरन्तर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली कञ्चनपुरमै बसेर अनुसन्धानमा खटिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालयमा आउने प्रहरी नायब उपरीक्षकलाई अनुसन्धान अधिकृत खटाएर जिल्लास्तर र प्रदेशबाटसमेत घटनाका अनुसन्धानमा प्रहरीका छुट्टा छुट्टै टोली परिचालित छन् ।
घटनामा संलग्न जनाउँदै प्रहरीले घटनाको चौथो साता भीमदत्त नगरपालिका–१९बागफाँटाका दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । मानसिक अवस्था ठीक नभएका उनलाई अभियुक्त बनाएको आक्रोशमा यहाँ आन्दोलन चर्कियो । अभियुक्त विष्टको डीएनए नमिलेपछि सरकारी वकिल कार्यालयले रिहा गरेको थियो ।
आन्दोलन मुलुकभर भइरहँदा महेन्द्रनगरमा प्रहरीको गोली लागेर भीमदत्त–१८ सालघारीका सनी खुनाले ज्यान गुमाएका थिए । सुदूरपश्चिम प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यालयको नेतृत्व संहाल्न आउने प्रहरी अधिकारीले निर्मला प्रकरणका दोषीलाई कानूनी दायरामा ल्याउने विषय प्राथमिकतामा राख्दै अनुसन्धान थाल्ने गरेको भए पनि अझै आपराधि पत्ता लाग्न भने सकेको छैन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले केन्द्र, प्रदेश र जिल्ला प्रहरीको गरी तीन वटा टोली घटनाको अनुसन्धान निरन्तर खटिएको जानकारी दिए । “दोषीलाई कानूनी दायरामा ल्याउने भनेकै प्रहरीले हो ।” उनले भने,“ दोषी उम्किन पाउँदैनन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार