कांग्रेस नेता पौडेल प्रचण्ड निवासमा
नेपालबहस संवाददाता
साउन ११, २०७८ सोमबार १८:१६:७
११ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोहरो तनावमा छन् । देशका राजनीतिको केन्द्रविन्दूमा रहेका प्रचण्ड घरयासी समस्याले समेत पिरोलिएका छन् ।
राजनीतिक क्षेत्रका कुटिल खेलाडी भएपनि अहिले उनलाई सांसद्हरुलाई मन्त्री बनाउने तनावले सताएकै छ । साथै, घरमा पत्नी सीताको रोगले उनी अझै गलेका छन् ।
सीता लामो समयदेखि रोगले थलिएकी छन् ।प्रचण्डको घरेलुु समस्याप्रति नेताहरुले सहानुभूति देखाउने क्रम ह्वात्तै बढेको छ । आज मात्रै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खुमलटारस्थित प्रचण्ड निवास पुगेका छन् ।
नेता पौडेलले प्रचण्डसँग समसामयिक राजनीतिबारे छलफल मात्र गरेनन्, प्रचण्डपत्नी सीताको स्वास्थ अवस्थाबारे समेत जानकारी लिए ।पौडेलले बिरामी अवस्थामा रहेकी सीतासँग भेटघाट समेत गरेका छन् । भेटका अवसरमा नेता पौडेलले सीताको सुुस्वास्थको कामना गरेका छन् ।यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा पनि गएको बुधबार प्रचण्ड निवास पुगी सीताको स्वास्थ अवस्थाबारे जानकारी लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार