११ आश्विन २०७८, सोमबार

बुधबार एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने मौका

प्रकाशित मिति :  १२ श्रावण २०७८, मंगलवार ११:२१


१२ साउन, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवारसम्म रहेको छ ।

कम्पनीको साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि साउन १४ गते बुक क्लोज गरेसँगै बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले साउन २१ गते साधारण सभा बोलाएको हो ।कम्पनीले रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान १० बजे साधारण सभा गर्न लागेको बताएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा