११ आश्विन २०७८, सोमबार

कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु

प्रकाशित मिति :  १३ श्रावण २०७८, बुधबार १६:३८


५ साउन, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप ३३ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार  ३ हजार ८४० जनामा कोरोना संक्रमण  पुष्टि भएको हाे ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन्  । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा