चितुवाको आक्रमणबाट क्षति भएकालाई राहत वितरण
नेपालबहस संवाददाता
साउन १४, २०७८ बिहिबार १७:५:५४
१४ साउन, दमौली । चितुवाको आक्रमणबाट क्षति भएका पीडित परिवारलाई रु १६ लाखभन्दा बढी राहत रकम वितरण गरिएको छ । आर्थिक वर्ष ०७७/७८ को अवधिमा तनहुँ जिल्लाका विभिन्न भागमा चितुवाको आक्रमणबाट क्षति भएका पीडित परिवारलाई डिभिजन वन कार्यालय तनहुँले रु १६ लाख ५९ हजार १०४ राहत रकम वितरण गरेको हो ।
गत आवमा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो । शुक्लागण्डकी नगरपालिका–२ मसारका ११ महिनाका बालक नारायण रानाको चितुवाको आक्रमणबाट मृत्यु भएपछि कार्यालयले पीडित परिवारलाई रु १० लाख उपलब्ध गराएको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका, २०६९ ९संशोधित २०७५० बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा रु ५० हजारसम्म, गम्भीर घाइते भएमा दुई लाखसम्म र मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ ।
त्यस्तै उक्त अवधिमा जिल्लाका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट गाई, भैँसी, सुँगुररबङ्गुर, बाख्रा/भेडाको मृत्यु भएको थियो । क्षतिको मूल्याङ्कन गरी कार्यालयले पीडितलाई राहत वितरण गरेको छ । रु २१ लाख ८६ हजार ७०४ को क्षति मूल्याङ्कन गरिएकामा रु १६ लाख ५९ हजार १०४ वितरण गरिएको कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।
चितुवाको आक्रमणबाट तीन गाई मृत्युबापत रु १८ हजार, एक भैँसी मृत्युबापत रु पाँच हजार, चार सुँगुर÷बङ्गुर मृत्युबापत रु २६ हजार र ५९ बाख्रारभेडा मृत्युबापत रु चार लाख राहत प्रदान गरिएको छ । त्यस्तै चितुवाको आक्रमणबाट तीन जना घाइते भएकामा रु दुई लाख १० हजार १०४ राहत दिइएको पण्डितले बताए ।
दश वन्यजन्तुको जीवितै उद्धार
कार्यालयले एक वर्षको अवधिमा १० वन्यजन्तुको जीवितै उद्धार गरेको छ । चितुवा, रतुवा मृग, कछुवा गरी १० वन्यजन्तुको जीवितै उद्धार गरिएको कार्यालयले जनाएको छ । त्यस्तै मरेका १२ वन्यजन्तुको व्यवस्थापन गरिएको छ । जीवितै उद्धार गरिएकालाई प्राकृतिक वासस्थान, पचभैया प्राणी उद्यान पोखरामा स्थानान्तरण गरिएको छ ।
कार्यालयले त्यसअवधिमा छ चितुवा, तीन रतुवा मृग र एक कछुवाको जीवितै उद्धार गरेको थियो । त्यस्तै मृत भेटिएका आठ चितुवा, दुई रतुवा मृतको पनि व्यवस्थापन गरिएको छ ।
वित्तीय ९१।५, भौतिक प्रगति शतप्रतिशत
कार्यालयले आर्थिक वर्ष ०७७/७८ मा वित्तीयतर्फ ९१।५ प्रतिशत प्रगति हासिल गरेको छ । सङ्घ र प्रदेशबाट विनियोजित रकममध्ये कार्यालयले उक्त वर्ष ९१।५० प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।
कूल पाँच करोड ३५ लाख बजेट विनियोजन भएकामा त्यस अवधिमा रु चार करोड ९० लाख खर्च भएको कार्यालय प्रमुख काफ्लेले जानकारी दिए । प्रदेशतर्फको रु तीन करोड २३ लाख विनियोजन भएकामा दुई करोड ९३ लाख खर्च भएको छ । सङ्घीय सःशर्ततर्फ रु ९२ लाख ५० हजार विनियोजन भएकामा रु ८६ लाख खर्च भएको छ । काफ्लेका अनुसार प्रदेश सःशर्ततर्फ रु एक करोड २० लाख विनियोजन भएकामा रु एक करोड ११ लाख खर्च भएको छ । भौतिकतर्फ भने कार्यालयले शतप्रतिशत प्रगति हासिल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार