११ आश्विन २०७८, सोमबार
स्वास्थ्य मन्त्रालय
खोज / विशेष

सरकारले चीनबाट थप ६० लाख खोप ल्याउने

प्रकाशित मिति :  १५ श्रावण २०७८, शुक्रबार १८:४५


१५ साउन, काठमाडौं । सरकारले चीनबाट थप ६० लाख खोप ल्याउने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता अगाडि बढेको हो ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार विज्ञप्ति मार्फत सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढेको बताएका छन् ।

यस्तै कोभ्याक्स सुविधामार्फत चीनले अनुदालनमा उपलब्ध गराउने १६ लाख डोज खोप असोज मसान्त भित्र उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै भारतसँग खरिद सम्झौता भएको कोभिशिल्डको १० लाख डोज खोप पनि असोज मसान्तभित्र नै प्राप्त हुनेछ ।असोज मसान्तभित्रमा कुल १ करोड ८३ लाख ८२ हजार ८५० डोज खोप प्राप्त हुने विश्वास मन्त्रालय गरेको छ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा