११ आश्विन २०७८, सोमबार
संक्रमण उच्च
खोज / विशेष

उपत्यकामा निषेध आदेश विपरीत कुनै पनि गतिविधि नगर्न प्रशासनको आग्रह

प्रकाशित मिति :  १९ श्रावण २०७८, मंगलवार १५:४८


१९ साउन, काठमाडौं । अब उपत्यकामा निषेध आदेश कायम रहेको भन्दै निषेध आदेश र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे वा गराइएमा कानुन बमोजिम कडा कारवाही गरिने भएको छ ।

मंगलबार प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड विपरीत कुनै पनि गतिविधि नगर्न–नगराउन आग्रह गरेका हुन्।

यस्ता गतिविधिले कोरोना संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न प्रजिअ पराजुलीले बताए ।

पछिल्लो केही दिनदेखि काठमाडौ उपत्यकालगायत जिल्लाहरुमा कोरोनाको संक्रमण दर उच्च हुँदै गएको, अस्पतालहरुमा भेन्टिलेटर, आईसीयू र आकस्मिक सेवाका वेडहरुमा बिरामीहरुको चाप बढ्दै गएको अवस्था भएकोले कोरोनाको संक्रमण दर घटाउनुमा सबै पक्ष र समुदायको उत्तिकै जिम्मेवारी र भूमिका रहने सूचनामा उल्लेख छ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा