११ आश्विन २०७८, सोमबार
बन्दुकधारी

अफगानिस्तानका रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीको हमला

प्रकाशित मिति :  २० श्रावण २०७८, बुधबार ०८:३०


२० साउन, एजेन्सी । अफगानिस्तानका रक्षामन्त्री बिसमिल्लाह खानको घरमा बन्धुकधारीहरुले आक्रमण गरेका छन्। आक्रमणका बेला रक्षामन्त्री खान घरबाहिर भएकाले बच्न सफल भएका छन्।

बीबीसीका अनुसार मंगलवार राति भएको कार बम तथा गोली आक्रमणमा परी ४ जनाको मृत्यु भएको छ  आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएकाले बच्न सफल भएका छन्।

यसैगरी उनको परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको बताइएको छ। उक्त घटनामा परी मृत्यु हुनेहरु आक्रमणकारी हुन्।

आक्रमणमा परी ११ जना घाइते भएको एएफपीले जनाएको छ। अफगानिस्तानका विभिन्न शहरमा यस्ता खाले आक्रमण भएको उल्लेख समाचारमा गरिएको छ। घटनामा तालिवानी फोर्स संलग्न रहेको अनुमान गरिएको छ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा